scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, January 27, 2010

बोहरा गाउ“ अब धुवारहित गाउ“ घोषणा

बेसीशहर माघ १२
चक्रतर्ीथ गाविसको वडा नं. ४ बोहरा गाउँ धुवारहित भान्छा नमूना गाउँ घोषणा भएको छ ।
    जनचेतना अभिवृद्धि र विकास अध्ययन समिति तथा ग्रामीण सशक्तिकरण समाज तनहुंको सहयोगमा विश्वमा जल्दोवल्दो समस्याको रुपमा रहेको जलवायू परिवर्तनको असरलाई न्यूनिकरण गर्न सहयोग पुर्‍याउने अभ्रि्रायले बोहरा गाउँका ५१ वटा घरपरिवारमा धुवारहित चुलो निर्माण भएपछि गाउँलाई नमूना गाउँ घोषणा गरिएको हो । जनचेतना अभिवृद्धि र विकास अध्ययन समितिको प्राविधिक सहयोग तथा स्थानीय अन्नपर्ुण्ा महिला समूह, नयांदेवी महिला समूह, मुनलाईट वाल क्लव र स्थानीय वातावरण सुधार समितिको आयोजनामा गत माघ ९ गते गाउंमा धुवांरहित भान्छा नमुना गाउं घोषण कार्यक्रम संम्पन्न भएको हो । ५१ घरधुरी रहेको गाउँका सबै घरधुरीहरुले धुवारहित २ मुखे चुलो वनाई प्रयोगमा ल्याएका छन् ।
    जनचेतना अभिबृद्धि र विकास अध्ययन समिति तथा ग्रामीण सशक्तिकरण समाजको साझेदारीमा गत वर्षदेखी लमजुङ्ग जिल्लाको २१ वटा गा.वि.स.हरुमा माटोको सुधारिएको धुवांरहित चुलो निर्माण कार्यक्रम संचालन हुँदै आएको छ ।
  जनचेतना अभिवृद्धि र विकास अध्ययन समितिले यस वर्ष२१ वटा गा.वि.स. अर्न्तगत ७ वटा गाउंलाई धुवांरहित भान्छा नमुना गाउं वनाउने लक्ष्य लिएको संस्थाका कार्यक्रम संयोजक विजय गुरुङले बताउनुभयो । उहाँका अनुसार यस चुलाकोे प्रयोग वाट समयको वचत, दाउराको वचत, स्व्ाास्थ्यमा सुधार, आर्थिक बचत जस्ता कुराहरुमा फाईदा हुनुको साथै  ४५ प्रतिशत सम्म दाउरको बचत हुन्छ । उहाँ भन्नुहुन्छ-"प्रति वर्षएक परिवारले कम्तीमा पनि ५० देखी ६० भारी दाउरा प्रयोगमा ल्याउने गरेको पाईन्छ धुवारहित चुलोको प्रयोगले प्रत्येक वर्षएक घरबाट कम्तीमा पनि २० भारी दाउरा बचत हुन गई जम्मा गाउंमा १ हजार २० भारी दाउरा वचत हुनसक्छ ।एउटा रुखमा सालाखाला ५ भारी दाउरा आउने भएकोले १ वर्षा २०४ वटा रुखहरु जोगाउन सकिनेछ ।"
    गुरुङले भनेझैं सरकारले जलवायु परिवर्तनको क्रममा समुदायमा जनचेतना फैलाउने खालका कार्यक्रमहरु वनाउन सके वन जंगल जोगीन गई वन संरक्षण तथा वातावरणमा प्रत्यक्ष सुधार आउन सक्दछ ।

No comments:

Post a Comment