बेसीशहर माघ १२
ध १ ख ७१ नम्बरको बसको ठक्करले शनिबार फेदीकुनामा मृत्यु भएका अढाइ बर्षा कर्मबहादुर तामाङको स्मृतिमा ट्रष्ट स्थापना गर्ने र परिवारलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने सहमतिमा भोटेओडार सिउँडीबारमा शनिबारबाट जारी सडक अबरोध सोमबार साँझबाट हटेको छ ।
पिडित परिवारलाई १२ लाख क्षतिपर्ूर्ति दिनुपर्ने माग राख्दै पीडितका आफन्त तथा स्थानीयबासीले भानुभक्त मार्ग अर्न्तर्गत भोटेओडारको सिउँडीबारमा शनिबार दिउसोबाट सडकमा अबरोध गर्दै आएका थिए ।
मृतकका आफन्त, स्थानीयबासी, यातायात ब्यवसायी, प्रशासन र प्रहरीबीच सोमबार दिनभर भएको वार्तामा परिवारलाई पाँच लाख उपलब्ध गराउने र मृतक बालकको स्मृतिमा विभिन्न संघ संस्थाको सहयोगमा ट्रष्ट बनाउने सहमति भएपछि सडक अबरोध हटेको हो ।
स्थानीयबासी र पीडितका आफन्तले शनिबार घट्ना घटेपश्चात सडक अबरोध शुरु गरेकामा शानिबार साँझबाट अबरोध हटेकोमा आइतबार दिउसो २ बजेबाट पुन सडकमा अबरोध पुर्याएका थिए । साँझसम्म पनि अबरोध नहटेपछि प्रहरीले बल प्रयोग गरी अबरोध हटाउने क्रममा स्थानीयबासी र प्रहरीबीच झडप पनि भएको थियो । जसका कारण सिउँडीबार क्षेत्र आइतबार बेलुकी तनावग्रस्त भएको थियो ।

No comments:
Post a Comment