बेसीशहर माघ १२
बेसीशहरस्थित राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयले आफ्नो सेवालाई अझै प्रभावकारी बनाउन विभिन्न योजनाहरु ल्याउने भएको छ ।
बैंकको ४५ औं बाषिर्कोत्सवका अवसरमा आइतबार बेसीशहरमा आयोजित एक कार्यक्रममा बैंकका प्रवन्धकर् इश्वरी न्यौपानेले बैंकले सेवालाई प्रभावकारी र अन्य बैंकसरह प्रतिस्पर्धी बनाउन आगामी असार सम्ममा अनलाइन बैंकिङ्ग, एबीबीएस र एटिएम लगायतका बैंकिङ्ग सुविधा उपलब्ध गराउने बताउनुभयो ।
सो अवसरमा उहाँले जिल्लामा नीजि क्षेत्रका बैंकहरु धमाधम खुले पनि बैंकको कारोबारमा कुनै असर नपरेको दावी गर्नुभयो । उहाँका अनुसार गत बर्षपुस मसान्तको तुलनामा यस बर्षबैंकको कारोबारमा दोब्बर बृद्धि भएको छ । बैंकले गत बर्षो पुस मसान्त सम्म २४ लाख ३९ हजार ३ सय ५० रुपैया खुद नाफा आर्जन गरेकोमा यस बर्षसोही अबधीमा ३७.५४ प्रतिशत बढि अर्थात ३३ लाख ५५ हजार २ सय ८७ रुपैया खुद मुनाफा आर्जन गरेको प्रवन्धक न्यौपानेले बताउनुभयो ।
बैकले गत बर्षो पुस मसान्त सम्म ४५ करोड, २३ लाख ७१ हजार २ सय ८२ निक्षेप संकलन गरेकोमा यस आ.ब.को पुस मसान्तसम्म ६.२५ प्रतिशत बृद्धि भई ४८ करोड २ लाख १ हजार ५ सय ३९ रुपैया संकलन गरेको छ ।
यसैगरी अघिल्लो बर्ष१५ करोड ४ लाख ६३ हजार ४ सय २७ रुपैया लगानी गरेकोमा यो बर्षसोही अबधीमा २२ कर।ेड २९ लाख ८२ हजार २ सय ६० रुपैया लगानी गरेको छ । नीजि क्षेत्रका अन्य बैंकको तुलनामा कर्जामा व्याज सस्तो भएकोले सेवाग्राहीहरु बाणिज्य बैक प्रति थप आर्कषित हुने गरेको प्रबन्धक न्यौपानेले बताउनु भयो ।
२०२२ सालमा स्थापना भएको राष्ट्रिय बाणिज्य बैंकले लमजुङमा २०३० सालबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
हाल लमजुङमा सनराइज बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड, गण्डकी विकास बैंक, प्यासिफिक डेभलपमेण्ट बैंक, सिटि डेभलपमेण्ट बैंक, ओम फाइनान्स, रिलायवल फाइनान्सलगायतका वित्तिय संस्थाहरुले सेवा दिइरहेका छन् ।
४५ औं बाषिर्क उत्सवको अबसर पारेर बैंकले आइतबार दिनभर कार्यालयमा आउने सेवाग्राहीलाई फुलमालाले स्वागत गर्दै प्रसाद बाँडेको थियो ।

No comments:
Post a Comment