बेसीशहर माघ १४
केही समययता लमजुङमा ब्यवसायीक मौरीपालन ब्यवसाय फस्टाउँदै गएको छ । गुणस्तरीय महको माग बढ्दै गएकाले मौरी पालन गर्ने किसानहरुको संख्यामासमेत बृद्धि हुँदै गएको छ ।
अहिले लमजुङको गौंडा, पुरानोकोट, उत्तरकन्या, घनपोखरा, गाउँशहर, चिती, बाँझाखेत, पाचोक, बाग्लुङपानीलगायतका एक दर्जन गाउँ विकास समितिमा किसानहरुले ब्यवसायीक मौरीपालन शुरु गरेका छन् ।
तार्कु गाविसको गहतेका किसान विक्रम गुरुङलाई अहिले भ्याइ नभ्याइ छ । उहाँसंग ५० वटा मौरीका घार छन् । चरनका लागि वनजंगल नजिकै रहेको र जाडो पनि त्यति नबढेकोले उहाँलाई अहिले मह काढ्दैमा फर्ुसद छैन । कार्तिकदेखि लगातार मह काढ्दै गरेको बताउने गुरुङ पछिल्लो घारबाट मह नकाढ्दै पहिले काढेको घार पुनः मह काढ्न तयार हुने बताउनुहुन्छ ।
पेशाले शिक्षक गाउँशहर रानीकुवाका अंगराज घिमिरे मौरीपालन गरेर राम्रो आम्दानी हुने गरेको बताउनुहुन्छ । १८ वटा मौरीका घार राख्नुभएका घिमिरेलाई पनि अहिले मह काढेर फर्ुसद छैन । सेरना जातको मौरी पाल्नु भएका घिमिरे चरन नजिकै भएमा मौरीपालनबाट राम्रो आम्दानी गर्न सकिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ- "ब्यवसायीक रुपमा मौरी पाल्ने हो भने अरवको खाडीमा दुःख गर्न जानै पर्दैन ।"
घिमिरे मात्र होइन, गौंडा गाउँ विकास समिति वडा नं. ४ का किसान बोधराज थापाको पनि पनि अहिले मह काढ्दैमा दैनिकी वित्ने गरेको छ । सेरना जातका ४० घार मौरी पाल्नु भएका थापा मह बेचेर राम्रो आम्दानी भएको अनुभव सुनाउनुहुन्छ ।
लमजुङमा घनपोखरा गाविसका मेनप्रसाद गुरुङ, जीताका झलक पौडेल, बाग्लुङपानीका कालीबहादुर गुरुङ, पुरानोकोटका बेनबहादुर गुरुङ, उत्तरकन्याका मोहनजंग गुरुङ सफल मौरी पालक किसान हुनुहुन्छ । उहाँहरुले पनि मह विक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ ।
कृषि विकास कार्यालय लमजुङसंग जिल्लामा मह उत्पादनको यकिन तथ्याङ्क नभए पनि बाषिर्क ६ टन मह उत्पादन हुने अनुमान कृषि प्रंाविधिकहरु बताउँछन् । तर मौरीपालनको लहर गाउँ गाउँमा चलेकाले आगामी बर्षेखि लमजुङमा महको उत्पादन अरु बढ्ने कृषि विकास कार्यालयका शाखा अधिकृत रमेश सुवेदी बताउनुहुन्छ । गाउँ गाउँमा घरैपिच्छे मौरीका घार राख्ने प्रचलन रहेको र गाउँघरमै प्रशस्त खपत हुने भएकाले मह उत्पादनको यकिन तथ्याङ्क पाउन मुश्किल हुनेे उहाँले बताउनुभयो ।
सुवेदीका अनुसार लमजुङमा मौरी पालन फस्टाउँदै गएको छ । वन जंगलको विकासले मौरीको चरन क्षेत्र विस्तार भएकाले मह उत्पादनमा बृद्धि त भएकै छ, मौरीपालनतर्फथप किसानहरु आकषिर्त
भएका छन् । उहाँका अनुसार मौरीका लागि राम्रो चरन हुने हो भने एक घारबाट २ महिनामा ५ पटकसम्म मह काढ्न सकिन्छ । एक घारबाट एक पटकमा ८ के.जी.सम्म मह उत्पादन हुने उहाँले बताउनुभयो ।
अहिले लमजुङमा किसानको घरैबाट प्रति केजी ३ सय रुपैयाँमा मह विक्री हुने गरको छ । यहाँ उत्पादन हुने मह मध्ये अधिकांश जिल्लाभित्रै खपत हुने गरेको छ । यसका अलवा काठमाडौं, पोखरा, नारायणगढ महको खपत हुने क्षेत्रहरु हुन् । लमजुङमा उत्पादन हुने मह विदेशमा समेत निकासी हुने गरेको पाइएको छ ।
जिल्ला कृषि विकास कार्यालय लमजुङले जिल्लाका गौंडा, पुरानोकोट, तार्कुघाट, विचौर, घनपोखरा, उत्तरकन्या, बाग्लुङपानी, बाँझाखेत, चिती, हिलेटक्सार, भुजुङ लगायतका गाविसलाई मह उत्पादनको पकेट क्षेत्रको रुपमा राखेको छ । त्यहाँका किसानहरुले यति सेरना जातको मौरी पालेका छन् ।
लमजुङ भीर मौरीको महका लागि पनि प्रसिद्ध छ । लमजुङको ताघ्रिङ, भुजुङ, घनपोखरा, दूधपोखरी भीरमौरीका लागि प्रसिद्ध छन् । ती भीरहरुमा बर्षा दर्ुइ पटक मह काढिन्छ । बैशाख-जेठ र कार्तिक-मंसिर भीर मौरी काढ्ने मौसम हुन् । यी गाउँमा सबै गाउँलेहरु मिलेर मह काढ्छन् र बाँडेर लिने गर्छन् । ताघ्रिङ गाविसको मीप्रा भीरमा हरेक बर्षहनि हन्टिङ फेस्टिभल नै आयोजना हुने गरेको छ । लमजुङको दूधपोखरीमा हनि हन्टिङको बारेमा "मणीलाल,द ब्रेभ हनिहन्टर " भन्ने बहुचर्चित बृत्तचित्र समेत निर्माण भएको थियो ।

No comments:
Post a Comment