scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, January 27, 2010

अनेरास्ववियू -क्रान्तिकारी)को १९ औं जिल्ला सम्मेलन

बेसीशहर माघ १२
अनेरास्ववियू -क्रान्तिकारी)को १९ औं जिल्ला सम्मेलनले होमबहादुर वि.क.को अध्यक्षतामा नयाँ जिल्ला समिति चयन गरेको छ ।
    नवगठित जिल्ला समितिको उपाध्यक्षमा भोजबहादुर अधिकारी, सचिवमा अमृत घिमिरे, सहसचिवमा रमेश आचार्य र कोषाध्यक्षमा कृष्णबहादुर थापा रहनुभएको छ ।
    २५ सदस्यीय जिल्ला समितिको सदस्यहरुमा र्सर्ुयमान तमु, शंकरबाबु सेढाइ, सुनिता न्यौपाने, निरु बुढाथोकी, जमुना भुजेल, विकास नेपाली पुष्पकमल न्यौपाने, टिकाराम पौडेल, सुदिप न्यौपाने, त्रिभुवन भण्डारी, पुष्पराज अधिकारी, सन्तोष पण्डित क्षेत्री, रामकृष्ण नेपाली, राजन सुनार, सन्तोष मजाकोटी, प्रेमशिला सुवेदी, प्रमोद तमु, विशाल ढकाल र अनु पन्त रहनुभएको छ । बाँकी एक सदस्य पछि चयन गरिने शनिबार बेसीशहरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष होम बहादुर वि.कले बताउनुभयो ।
    सम्मेलनले राष्ट्रिय स्वाधिनता, राष्ट्रिय संयुक्त सरकार र शान्तिका पक्षमा सशक्त बहस र छलफलबाट आम समुदायलाई सचेत बनाइ जनमत सृजना गर्ने, विचार, नेतृत्व र संगठन निर्माणको कामलाई शर्ीष्ा स्थानमा राखी इकाइदेखि इलाका स्तरसम्म प्रशिक्षणात्मक कार्यक्रम अगाडि बढाउने  निर्ण्र्ाागरेको    छ ।

No comments:

Post a Comment