बेसीशहर माघ १२
संविधान बन्नु अगावै जातीय आधारमा जबर्जस्ती संघीय राज्यहरु घोषणा भएको पर्रि्रेक्ष्यमा जातीय संघीयताको विरोध गर्दै आगामी माघ १६ गते बेसीशहरमा दशांै हजार क्षत्रीहरु उतार्ने क्षत्री समाज लमजुङले बताएको छ ।
अन्य जातजातिहरुले क्षत्री समाज आफ्नो विरुद्धमा खोलिएको हो भन्ने भ्रम फैलाइ रहेको अवस्थामा सो भ्रम चिर्न, समाज स्थापनाको औचित्य, आवश्यकता र उद्देश्य तथा लक्ष्यका बारेमा जानकारी गराउन तथा जातीय संघीयताको विरोध गर्न माघ १६ गते आम सभा गरिन लागिएको क्षत्री समाज लमजुङले जनाएको छ।
समाजले सोमबार बेसीशहरमा एक पत्रकार सम्मेलनको आयोजना गरी जातीय संघीयतामा देश गएमा क्षेत्रीहरु चुप लागेर नबस्ने चेतावनी दियो । समाजका पश्चिमाञ्चल सदस्य राजु थापा, जिल्ला अध्यक्ष रामचन्द्र अर्याल, जिल्ला सदस्य हरिबाबु थापालगायतले नेपालमा एकसय १६ जाति रहेको उल्लेख गर्दै सबै भन्दा बढी देशमा क्षत्रीहरु रहेको -१५.८%) तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँहरुले अन्य जातीहरुको तुलनामा क्षेत्रीहरुको संख्या बढी भए पनि समाजले छुट्टै राज्यको माग नगर्ने स्पष्ट पार्नुभयो। "जनसंख्या
को आधारमा हामीहरुले पनि राज्य माग्न सक्छौं, तर त्यसो गर्नु हुँदैन, देशका सबै जातजातिको समान अस्तित्व हुनु पर्छ, तब मात्र जातीय सद्भाव कायम हुन्छ ।"
उहाँहरुले जातीय आधारमा संघीय राज्य हुन नहुने माग राख्दै आगामी माघ २८ गते सभासद्हरुलाई खबरदारी गर्न लाखौं क्षत्रीहरु संविधानसभा भवन र्घर्ेन जान लागेको जानकारी गराउनुभयो ।

No comments:
Post a Comment