बेसीशहर-पुस १४
नेपालका विभिन्न भागमा छरिएर रहेका ब्राहृमण बन्धुहरुबीच एकात्मक भावनाको विकास, राष्ट्रिय एकता, जातीय सद्भाव र स्वजातीय स्वाभिमानको रक्षा गर्ने उद्देश्यले लमजुङमा राष्ट्रिय ब्राहृमण समाज जिल्ला कार्य समिति गठन भएको छ ।
सदरमुकाम बेसीशहरमा हालै सम्पन्न बृहत ब्राहृमण भेलाले शालीग्राम अधिकारीको अध्यक्षतामा ब्राहृमण समाज लमजुङको गठन गरेको हो ।
नबगठित समितिको उपाध्यक्षमा नरहरि पौडेल, काशीनाथ अधिकारी, प्रेमनाथ घिमिरे, कमला अधिकारी सचिवमा हर्रि्रसाद अधिकारी, सहसचिवमा अमृता घिमिरे, कोषाध्यक्षमा कल्पना न्यौपाने र सदस्यहरुमा डोलशाली घिमिरे, बालकृष्ण सुवेदी, पशुपतिनाथ न्यौपाने,
मुक्तिनाथ बराल, तेजनारायण अधिकारी शिवराम पन्त तर्ीथराज अधिकारी, रामप्रसाद पण्डित, गोविन्द भट्ट। कमलनाथ अधिकारी र सुसान्त दवाडी रहनुभएको छ ।
ब्राहृमण समाज नेपालका केन्द्रीय अध्यक्ष नारायण अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा समाजका केन्द्रीय सदस्य भीमराज रेग्मी, केन्द्रीय सल्लाहकार भूपनिधि पन्त, ब्राहृमण युवा समाज लमजुङका अध्यक्ष ऋषि अधिकारीलगायतका बक्ताहरुले मन्तब्य राख्नुभएको थियो ।
No comments:
Post a Comment