बेसीशहर पुस १८
- र्सार्क राष्ट्रकै नमूना लमजुङको ग्रमीण पर्यटन ग्राम घलेगाउँमा मोटर पुगेको छ । सदरमुकाम बेसीशहरबाट भुजुङ सम्म जोड्ने निर्माणाधीन बेसीशहर भुजुङ हरित सडक अर्न्तर्गत पर्ने घलेगाउँसम्मको २२ किलोमिटर सडकको निर्माण कार्य सकिएपछि घलेगाउँमा मोटर पुगेको हो ।
सदरमुकाम वेसीशहरबाट अब सोझै घलेगाउँसम्म मोटर चलेपछि त्यहाँ पुग्ने आन्तरिक तथा बाहृय पर्यटकलाई सजिलो भएको छ । मोटर चलेपछि बेसीशहरबाट ६-७ घण्टाको पैदल यात्रा पछि पुगिने घलेगाउँमा अब तीन घण्टामै पुग्न सकिने भएको छ ।
यसअघि कपुरगाउँसम्मको १६ किलोमीटर खण्डमा मोटर चल्दै आएको थियो । आगामी एक बर्षभत्र उक्त सडकलाई भुजुङ सम्म पुर्याउने लक्ष्य रहेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम घलेले बताउनुभयो ।मोटरबाटो पुगेपछि पर्यटकीय घलेगाउँ अब सुविधासम्पन्न भएको छ । केही महिना अघि घलेगाउँमा विजुली बत्ती पनि पुगेको छ । निकट भविष्यमा घलेगाउँमा अस्थायी प्रहरी चौकी र सूचना केन्द्र राख्ने तयारी भइरहेको उत्तरकन्या गाविसका पर्ूव अध्यक्ष प्रेम घलेले बताउनुभयो ।

No comments:
Post a Comment