बेसीशहर-पुस १८
पसगाउँ गाविसको सिङ्दी गाउँमा पहिलो पटक विजुली वलेको छ ।
स्थानीय टोगो खोलामा सञ्चालित लघु जलविद्युत आयोजना सम्पन्न भएपछि त्यहाँबाट उत्पादित ३५ किलोवाट विद्युतबाट अहिले गाउँ झिलीमिली भएको छ । उक्त आयोजनाबाट पसगाउँ गाविसको वडा नं. १, २, ३ र ४ नम्बर वडाका २ सय ८० घरधुरी लाभान्वित भएका छन् ।
वैकल्पिक उर्जा पर््रवर्द्धक केन्द्र, उर्जा क्षेत्र सहयोग कार्यक्रमको ४५ लाख ३० हजार ५ सय ५७, हिमाली वाल कल्याण संरक्षण मञ्चको २० लाख, स्थानीय समुदायको ३७ लाख ८८ हजार ४ सय ८१ र ९ लाख २ हजार रुपैया वरावरको जनश्रमदान गरि कूल एक करोड ७ लाख ९५ हजार ९ सय ५१ रुपैयाको लागतमा लघुजलविद्युत आयोजना सम्पन्न भएको हो । आयोजनाको उद्घाटन केही समय पछि गरिने भएको छ ।
सदरमुकाम बेसीशहरबाट दर्ुइ दिनको पैदल यात्रा पछि पुगिनेे विकट गाउँ सिङ्दीमा विजुली वलेपछि स्थानीय गाउँलेमा निकै हषिर्त भएका छन् ।

No comments:
Post a Comment