scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Saturday, January 2, 2010

बालश्रम न्यूनिकरणका लागि कोष खडा

बेसीशहर-पुस १८
 लमजुङमा बालश्रम न्यूनीकरणका लागि कोष खडा गरिएको छ । जिल्लास्तरीय अध्ययन तथा योजना तर्जुमा कार्यदल लमजुङको हालै बसेको बैठकले बैठकमा सहभागी व्यक्ति तथा संस्थाको व्यक्तिगत र संस्थागत पहलमा कोष को स्थापना गरेको हो ।
    बैठकमा उपस्थित  पदाधिकारीहरु मध्येबाट प्रतिव्यक्ति रु. एकहजार र चेस नेपाल लमजुङको सहयोगमा कोष खडा गरिएको हो । कोषका लागि बैठकमा  उपस्थित बेसीशहरका रामकुमार श्रेष्ठ, मोहोरियाकोटका राजकुमार पाण्डेर्,र् इशानेश्वरका मृगेन्द्र घिमिरे, भोर्लेटारका नवीनचन्द्र घिमिरे, गोरखा गाईखुरका सोविता पन्त  खैरेनीटार तनहूँका श्रीकृष्ण घिमिरे   भारतेका केशवप्रसाद अधिकारी, मोहोरियाकोटका सुमित्रा गुरुङ र गाउँशहरका मदन रानाले जनही एक एक हजार रुपैयाँ प्रदान गर्नुभएको थियो । त्यस्तै कोषका लागि चेस नेपाल नामक  गैससले पाँच हजार रुपैयाँ उपलब्य गराएको थियो । वैठकमा संकलित १४ हजार रुपैयाँ स्थानीय प्यासिफिक डेभलेपमेण्ट बैङ्कमा जम्मा गरिने भएको छ । कार्यदलका संयोजक राजकुमार पाण्डे, सदस्य सचिव नवीनचन्द्र घिमिरे र सदस्य रामकुमार श्रेष्ठमध्ये २ जनाको संयुक्त दस्तखतबाट सञ्चालन हुने गरी खाता खोल्ने समेत वैठकमा निर्ण्र्ााभएको कार्यदलका सदस्य तथा जिल्ला बालअधिकार अधिकृत नवीनचन्द्र घिमिरेले बताउनुभयो । उहाँका अनुसार  कोषको निर्देशिका जिल्ला बालकल्याण समितिको बैठकबाट तयार परिनेे छ ।
    लमजुङ जिल्लामा करीव एकहजार पाँचसय जना बालबालिकाहरु विभिन्न प्रकारका श्रममा संलग्न भएको अनुमान गरिएको छ । कोषमा राखिएको रकमले बालश्रमसम्वन्धी अध्ययन, योजना तर्जुमा तथा न्यूनीकरणका कार्यक्रमहरु सञ्चालन गर्ने र आपतमा परेका श्रमिक बालबालिकाको उद्दारका लागि खर्च गरिने कार्यदलका संयोजक राजकुमार पाण्डेले बताउनु भयो । 
    उक्त कोषमा सहभागिता जनाउनका लागि सम्वद्ध सबै पक्षसमक्ष कार्यदलले अनुरोध समेत गरेको छ ।

No comments:

Post a Comment