scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Saturday, January 2, 2010

महापुराण अगावै दान शुरु

बेसीशहर-पुस १८
 लायन्स क्लव अफ काठमाण्डौं सामाखुशीले लमजुङको हर्रर्ााेटमा बन्न लागेको ज्येष्ठ नागरिक आरोग्य आश्रम-बृद्धाश्रम) र प्राकृतिक स्वास्थ्य शिक्षण अस्पतालका लागि रु. १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
    प्राकृतिक स्वास्थ्य शिक्षण अस्पताल र बृद्धाश्रम निर्माणको सहयोगार्थ आगामी माघ २ गतेदेखि सञ्चालन हुन लागेको श्रीमद्भागवत महापुराणका विषयमा बेसीशहरमा आयोजित अन्तरक्रिया कार्यक्रमका अबसरमा क्लवले सो सहयोग उपलब्ध गराएको हो । कार्यक्रममा लायन्स क्लव अफ डिस्टि्रक्ट बी ३२५ का प्रथम भाइस गभर्नर राजन लम्साल र लायन्स लिडर राजु धमलाले महायज्ञ मूल समारोह समितिका सहसंयोजक कृष्णराज ओलियालाई हस्तान्तरण गर्नुभएको थियो ।
    कार्यक्रममा लायन्स लिडर राजन लम्साल, राजु धमला, एकीकृत नेकपा माओवादीका राजु थापा, नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला, नेकपा एमालेका मायानाथ अधिकारी र धनञ्जय दवाडी, जिविस लमजुङका पर्ूव सभापति शंकरकान्त जोशी, जिल्ला बाल संरक्षण गृहका अध्यक्ष लेखनाथ अधिकारी, निमित्त महिला विकास अधिकृत सोविता पन्त, समाजसेवी तिलकबहादुर पौडेल, सानुमाया गुरुङ लगायतले नेपालको पहिलो राष्ट्रियस्तरको प्राकृतिक स्वास्थ्य शिक्षण अस्पताल र क्षेत्रीयस्तरको बृद्धाश्रम लमजुङमा शुरु हुनु गौरवको कुरा भएको बताउनुभएको थियो । उहाँहरुले यस पवित्र कार्यमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
    समाजसेवी तिलकबहादुर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम श्रीमद् भागवत महापुराण मूल आयोजक समितिका संयोजक हर्रि्रसाद मरहठ्ठाको अध्यक्षतामा सम्पन्न भएको थियो ।आगामी माघ २ गतेदेखि सुरु हुने महापुराणका लागि यस अघि पनि प्यासिफिक डेभलपमेण्ट बैंकलगायतले आर्थिक सहयोग गरिसकेका छन् । महापुराण भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले वाचन गर्ने कार्यक्रम छ ।
 

No comments:

Post a Comment