scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, January 27, 2010

लमजुङ कृषि क्याम्पसमा चारै सेमिस्टार

बेसीशहर माघ १२
सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ क्याम्पसमा बीएस्सी ए.जी.को चारै सेमिस्टारको अध्यापन हुने भएको छ ।
    चितवनको रामपुरस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, डिनको कार्यालयले लमजुङ क्याम्पसलाई बीएस्सीको चारै सेमिस्टारको अध्यापन गराउने अनुमति दिएको हो । यस अघि यस क्याम्पसमा पहिलो र दोस्रो सेमस्टारको मात्र अध्यापन हुने गरेको थियो भने बाँकी दर्ुइ सेमिस्टार पुरा गर्न विद्यार्थीहरुलाई रामपुर क्यम्पसमै जानुपर्ने बाध्यता थियो ।
    नेपालका तीनवटा कृषि क्याम्पसमध्ये एक यो क्याम्पसमा शुरुमा कृषि तथा पशु विज्ञानमा प्रमाणपत्र तहको मात्र अध्यापन हुने गरेकोमा पछि प्रमाण पत्र तह हर्टाई बीएस्सीको दर्ुइ सेमस्टिारको मात्र अध्यापन गर्न थालिएको थियो । क्याम्पस प्रशासन, स्थानीय राजनीतिक दल, स्ववियू, विद्यार्थी संगठनहरु र स्थानीय बासीन्दाको अनवरत पहलबाट बीएस्सीको चारै सेमिस्टारको पढाइ सम्भव हुन गएको क्याम्पसले जनाएको छ ।

No comments:

Post a Comment