बेसीशहर- सुन्तला, निबुवा, मौसम, जुनार लगायतका अमिलो जातका फलफुलमा ग्रिनिङ रोगले आक्रमण गरी बोटहरु मरिरहेको सर्न्दर्भमा लमजुङका एक प्राविधिकले ती रोगबाट मुक्त विरुवा उत्पादन गर्न उन्नत प्रविधिको नर्सरी स्थापना गर्नुभएको छ ।
लमजुङको गाउँशहर गाउँ विकास समिति वडा नं. ८ पाखाथोकका कृषि प्राविधिक जीवनजँग थापाले उन्नत प्रविधिको नर्सरी स्थापना भएको हो ।
सुन्तला, मौसम, निवुवा कागती लगायत अमिलो जातका फलफुलका बोटहरुमा "सिट्रससिल्ला" नामको किराको आक्रमणबाट गृनिङ रोग लगि केही बर्षता उत्पादन समेत घट्दै गइरहेको छ । यस सर्न्दर्भमा उक्त किराको आक्रमणबाट बचाएर स्वस्थ विरुवा उत्पादन गर्न आफुले उन्नत प्रविधिको नर्सरी स्थापना गरेको उहाँले बताउनुभयो ।
नेपाल कृषि अनुसन्धान परिषद, खुमलटारका वरिष्ठ बैज्ञानिक डा.कृष्ण प्रसाद पौडेल र जिल्ला कृषि विकास कार्यालय लमजुङका वरिष्ठ वागवनी अधिकृत डोलकृष्ण सुवेदीको प्राविधिक सहयोगमा "रुटस्टक" र "साइनिष्टिक" कलमी हाँगाहरुको उत्पादन शुरु गरिएको नर्सरी धनी थापाले बताउनुभयो ।
करिव २ लाख खर्चमा निमार्ण्र्ाारिएको उक्त उन्नत प्रविधिको नर्सरीबाट स्वस्थ विरुवाहरु आगामी असार सम्ममा उत्पादन भैसक्ने थापाले बताउनुभयो । नर्सरीमा कृषि कार्यालयका प्राविधिकहरुले नियमिति अनुगमन गरी आवश्यक सरसल्लाह दिने गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालय लमजुङका वरीष्ठ वागवानी अधिकृत डोलकृष्ण सुवेदी उक्त नर्सरी हावापानी र उचाइका हिसाबले उपयुक्त स्थानमा रहेको बताउनुहुन्छ । यस्ता नर्सरीमा उत्पादित विरुवामा रोगसंग लड्न सक्ने भएकाले किसानहरु रोगको डरबाट मुक्त हुने उहाँको ठम्याइ छ ।
सुन्तला, मौसम, निवुवा लगायतका फलफुलको प्रचुर सम्भावना रहेको लमजुङ जिल्लामा सिट्रस गृनिङ रोगका कारण सुन्तला लगायत अमिलो जातका फलफूलका बोटहरु केही बर्षता मर्न थालेका छन् । बर्षौ लगाएर हर्ुकाएका बोटहरु धमाधम मर्न थालेपछि मरेपछि किसानहरुको चिन्ता बढ्दो छ ।
लमजुङमा एक हजार २ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । जसमध्ये १ हजार हेक्टर क्षेत्रफलको सुन्तलाले उत्पादन दिइरहेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लाका चिती, उदीपुर, कुन्छा, दुराडाँडा, भोर्ेर्लेटारर्,र् इशानेश्वर, मोहोरियाकोट, तार्कुघाट, सिम्पानी, भुलभुले, गाउँशहर गाविस सुन्तलाका पकेट क्षेत्र हुन् । लमजुङका विभिन्न स्थानमा गरी १२ हजार मेटि्रक टन सुन्तला उत्पादन हुने गरेको तथ्याङ्क रहे पनि सिट्रस ग्रिनिङ रोगका कारण यो बर्षसुन्तला उत्पादनमा २० प्रतिशतले कमी आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment