बेसीशहर- जाति, भाषा र धर्म संस्कृति हम्रो विविधता, शान्ति,परिवर्तन र विकासमा हाम्रो एकता भन्ने नाराका साथ प्रथम खुदी गाविस महोत्सव सम्पन्न भएका छ ।
एकताले नै विकास र शान्ति सम्भव हुन्छ भन्ने कुरा आत्मसात खुदीको छुट्टै पहिचान र चिनारी बनाउनका लागि आयोजना गरिएको महोत्सव गत माघ २९ देखि फागुन १ गतेसम्म सञ्चालन भएको थियो ।
महोत्सवका अवसरमा खुदी गाविसभित्र बसोबास गर्ने बृद्ध बृद्धाहरुको सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकहरु इतिहासका साक्षी भएकाले गाविसका प्रत्येक वडाका १ बृद्ध र १ बृद्धालाई सम्मान गरिएको थियो । सो अवसरमा सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील स्थानीय शेरबहादुर भण्डारी, चेतबहादुर थापा, धनराशी गुरुङ, नाथुराम गुरुङ हेमबहादुर तामाङ लगायतलाई सम्मानीत हुनुभएको थियो ।
महोत्सवका अवसरमा आयोजना गरिएको वडास्तरीय लोक दोहोरी प्रतियोगितामा वडा नं. ९ सिउरुङ प्रथम, वडा नंं ३ ढंगै द्वितीय र वडा नं. १ खुदी तृतीय भए । विजयी टीमलाई नगद ५ हजार, ४ हजार र तीन हजार प्रदान गरीएको थियो भने सहभागी अन्य टीमलाई पनि १/१ हजार प्रदान गरिएको थियो ।
सोही अबसरमा आयोजित प्राविस्तरीय हाजिरीजवाफ प्रतियोगितामा धनेश्वर प्रावि प्रथम, अमर उमावि द्वितीय र हिमचुली बोर्डिङ स्कूल तृतीय भए । महोत्सवमा कृषि तथा पशु पर््रदर्शनी पनि गरिएको थियो ।७ हजार दर्शकले अवलोकन गरेका महोत्सवमा डेढलाख खर्च भएको आयोजक समितिका संयोजक तर्ीथ बस्नेतले बताउनुभयो । उहाँका अनुसार महोत्सवका लागि गाविसले २५ हजार, लमजुङ उद्योग बाणिज्य संघले १० हजार, खुदी जलविद्युत आयोजनाले १५ हजार, गाउँ विकास कोषले १० हजार र स्थानीय मिलन बचत सहकारी संस्थाले ७ हजार सहयोग गरेका मूल आयोजक समितिका संयोजक बस्नेतले जनाकारी दिनुभयो ।।
No comments:
Post a Comment