scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, February 24, 2010

अर्को पटक आउ“ला भन्दै फर्के उनीहरु

बेसीशहर- इतिहास रच्ने सपना बुन्दै कास्कीको सराङकोटबाट काठमाण्डौंसम्मका लागि प्याराग्लाइडिङ उडान भरेका तीन जना विदेशीहरुको सपना मौसमको खराबीका कारण तुहिएको छ ।


गत शुक्रबार बिहान सराङकोटबाट उडान भरेका चेक गाण्तन्त्रका तीन जना पर्यटकहरु सेनिविराग, अप्राक र सुवाजव मौसम खराब भएपछि बेसीशहरमा अबतरण गर्न आइपुगेका थिए । सराङकोटबाट उड्दा मौसम सफा रहे पनि पोखरा कटेपछि सिमसिम पानी पर्नुका साथै अकासमा बाक्लो वादल लागेपछि उनीहरु बेसीशहरमा अवतरण गर्न बाध्य भएका थिए ।

चील उडेझैं आकासमा हावासंग काया खाँदै नेपालभर प्याराग्लाइडिङ मार्फ आकासमार्गबाट सयर गर्न नेपाल सरकारबाट अनुमति पाएका ती सहासी पर्यटकहरु पुनः अर्कोपटक यस्तै सहासिक यात्रा गर्ने निश्चय गरी फर्केका छन् । हामी इतिहास रच्न चाहन्थ्यौं, तर मौसमले हामीलाई साथ दिएन । "मौसमले साथ दिएमा हामी फेरि बन्दीपुरबाट उडान भर्नेछौं"-ती पर्यटकहरुले नमज्जा मान्दै एकै स्वरमा भने ।

No comments:

Post a Comment