scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, February 24, 2010

ईशानेश्वर महादेवमा ठाडो बत्ती बाल्नेहरुको भीड

बेसीशहर- महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी माघ २९ गते सम्पन्न भयो ।

देवादिदेव महादेव उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वणिर्त छ ।

फागुन कृष्ण चतर्ुदशीका दिन मनाइने यस पर्वलाई सम्पर्ूण्ा दीनदुःखी र कष्टपर्ूण्ा अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जर्ीण्ा भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व -जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भनिन्छ ।

व्रतहरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजार्-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र

बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे र्सवसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

शिवरात्रीका दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ-मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकर्ीतनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ ।

भगवान श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न काठमाण्डौंको पशुपतिनाथ र लमजुङकोर् इशानेश्वर मन्दिर लगायतका शिवधामहरुमा दर्शनार्थीहरुको घुइँचो लागेको थियो । पशुपतिनाथमा यस बर्षशिवरात्रीमा ५ लाख दर्शनार्थीले दर्शन गरेका थिए । त्यस्तै पश्चिम करापुटारस्थितर् इशानेश्वर मान्दिरमा ४० हजार दर्शनार्थी पुगेका थिए । सिमसिम पानी परेका कारण मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको संख्या गत बर्षो तुलनामा घटेको स्थानीयबासीले बताए ।

महाशिबरात्रीको दिनर् इशानेश्वर महादेव मन्दिरमा रात भर जाग्राम बसी ठाडो बत्ती बालेपछि संन्तान नहुनेलाई संन्तान र पुत्र नहुनेलाई पुत्र प्राप्ती हुने परम्परादेखि नै धार्मिक बिश्वास रहँदै आएको छ ।

गएको शिवरात्रीमा सन्तानकोर् इच्छा राखी यो मन्दिरमा रात भर उभिएर ठाडो बत्ती बाल्नेको संख्या ४ सयको हाराहारी रहेको थियो भने बसेर बाल्नेको संख्या आंकलन गर्नै नसकिने थियो ।

स्कन्ध पुराण अर्न्तर्गत श्रीस्वास्थानी ब्रतकथामा बर्ण्र्ााभए अनुसार श्री महादेवले सतीदेवीको मृत शरीर बोकी पृथ्वी भ्रमण गर्ने सिलसिलामा करापुटारमा आइपुग्दा सतीदेवीको दाहिने त्रि्रा पतन भएको थियो । त्यसै पुण्य भूमिमा ६ सय बर्षपहिले हाल मन्दिर भएको स्थानमा स्थानीय शिबदास पोख्रेलले धानको बिउ राख्न गोरु लगी जोत्दा हलोको टुप्पोले शिबलिङ्ग स्वरुपको शिला कोरिँदा त्यस ठाँउमा रगत बगेर गोरु सहित उनी पनि त्यही जलेर भष्म भएपछि स्थानीयबासीले रगत बगेको ठाउँमा खोतली हर्ेदा शिबलिङ्ग स्वरुप शिला फेला परेको र सोही शिवलिङ्गाकार शिलालाई मन्दिरमा प्रतिस्थापित गरिएको किम्बदन्ती छ ।

शिवरात्रीका अवसरमार् इशानेश्वर मन्दिरमा दर्ुइ दर्जनबढी साधुहरु आएका थिए । मन्दिरमा पूजा अर्चना गर्न, दूध, जल चढाउन र ठाडो बत्ती आदि बाल्न काठमाण्डौं, पोखरादेखिका भक्तजनहरु आइपुगेका थिए । मन्दिरमा आउने भक्तजनहरुको सेवामा स्थानीय गोमती युवा क्लव र्रर् इशानेश्वर महादेव मन्दिर विकास समितिले योगदान पुर्‍याएका थिए ।

शिवरात्रीको अवसरमा बेसीशहरस्थित कर्पुरेश्वर महादेव मन्दिरमा पूजा गर्ने भक्तजनहरुको सख्ंया पनि उल्लेख्य रहृयो । पवित्र मर्स्याङ्दीमा स्नान गरी महादेवलाई दूध तथा जल चढाउनेहरु गत बर्षो तुलनामा बढी देखिन्थे । जिल्लाका अन्य शिवमन्दिरहरुमा पनि शिवरात्रीमा भक्तजनहरुको घुइँचो थियो ।

No comments:

Post a Comment