बेसीशहर फागुन ११
- हात्तीपाइले रोग उन्मूलनका लागि सरकारले ल्याएको दर्ुइदिने हात्तीपाइले रोगविरुद्धको निःशुल्क औषधि वितरण अभियान सोमबार सकिएको छ ।
जिल्लाका १ लाख ९६ हजार जनसंख्यालाई हात्तीपाइलेको औषधी वितरण गर्ने कार्यक्रम अनुसार ९ सय ३० स्वयमसेवक र २ सय कर्मचारी खटाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । एक स्वयम्सेवकलाई ४० घरको जिम्मा दिइएको थियो ।
लामखुट्टेको टोकाइबाट र्सर्ने यो रोग, रोकथाम र नियन्त्रणका उपाय अबलम्बन नगर्दा विश्वमा नै प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखापरेको छ । यो रोग लागेपछि जीवनपर्यन्त अस्वस्थ्य र विकलाङ्ग हुनुपर्ने यथार्थलाई आत्मसात् गर्दै विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्म यो रोगलाई विश्वबाट नै उन्मूलन गर्ने उद्देश्य राखेको छ । जस अनुसार नेपाललगायत ८३ देशमा प्रत्येक वर्षरोग निवारण कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ ।
सोहीअनुरूप नेपालमा पनि विगत पाँच वर्षेखि निरन्तररूपमा विभिन्न जिल्लामा हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन भइरहेको छ । यस रोगबाट प्रभावित अन्य जिल्लामा पनि सो कार्यक्रम लैजाने योजना सरकारको रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गोविन्दप्रसाद ओझा बताउनुहुन्छ ।
मसिनो धागो आकारको उच्चेरेेरिया बाँक्रोफ्टी नामको परजीवीका कारण लाग्ने यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाइबाट र्सछ ।
यस रोगको सुरुमा ज्वरो आई शरीरमा कम्पन हुने, यौनाङ्ग सुन्निने, लामो समयसम्म सुख्खा खोकी लागिरहने, दम बढ्ने, खुट्टा सुन्निनेलगायतका लक्षण देखापर्छन् । सबैमा भने यो लक्षण नदेखिन पनि सक्छ । यस्तो अवस्थामा रगत परीक्षणबाट मात्र सो रोग पत्ता लाग्छ ।
समयमै उपचार नभएमा रोग दर्ीघ भई मिर्गाैला खराब हुने, अङ्ग सुन्निने, कुरूप, अपाङ्ग हुने भएकाले यसबाट बच्नका लागि समयमा नै रोगविरुद्धको औषधि सेवन गर्ने सुझाव इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.लक्ष्मीविक्रम थापा दिनुहुन्छ ।
उहाँका अनुसार यो औषधि स्वयम्सेवक मार्फ् घरदैलोमा उपस्थित भई निःशुल्क वितरण गरिन्छ । औषधि दर्ुइ वर्षमाथिका मानिसलाई खुवाइन्छ । औषधिसेवनपश्चात् टाउको दुख्ने, जिउ चिलाउने, ज्वरो आउने, वाकवाकी लाग्ने, रिङ्गटा लाग्ने -शरीरमा यसको परजीवी छ भने) जस्ता साधारण असर देखा परेपनि यसको पु्रामात्राको सेवनपश्चात् भने जीवनभर हात्तीपाइले रोगबाट बच्न सकिन्छ ।
एक अध्ययन अनुसार नेपालका ६० जिल्ला हात्तीपाइले रोगबाट प्रभावित छन् । हिमालपारीका जिल्लाहरु मनाङ मुस्ताङलगायत १५ हिमाली जिल्लामा यो रोग नभएको बताइन्छ ।
No comments:
Post a Comment