बेसीशहर-फागुन ११
नरसंहार, युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दण्डहिनताको अन्त्यका लागि अन्तराष्ट्रिय फौज्दारी अदालतको रोम विधान अनुमोदन गर्न सरकारलाई दवाव दिने उद्देश्यले एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ७९,दुराडाँडाले बेसीशहरमा हस्ताक्षर संकलन गरेको छ ।
विश्वमा बढ्दै गएका नरसंहार, युद्ध अपराध र मानवता विरुद्धको अपराधमा सम्बन्धित देशका राष्ट्रिय संयन्त्रहरुले त्यस्ता
अपराधका दोषीलाई कारबाही नगरेका र गर्न नसकेका घटनाहरु बढ्दै जाँदा दण्डहिनताले ब्यापकता पाएको भन्दै एम्नेष्टीले दोषीहरुमाथि कारबाहीको सुनिश्चितता र दण्डहिनताको अन्त्यका लागि दवाब दिने उद्देश्यले हस्ताक्षर संकलन गरेको हो । नेपालमा पनि दण्डहिनताको अवस्था ब्यापक रहेको तथ्यलाई मध्यनजर गर्दै यस्तो अवस्थाको अन्त्य गर्न सक्ने फौज्दारी अदालतको विधान पारित गर्न दवाव दिने उद्देश्यले एम्नेष्टीले देशब्यापी अभियान शुरु गरेको छ । सोही अभियान अर्न्तर्गत सोमबार बेसीशहरमा एम्नेष्टीले ५ सय हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारी मार्फ प्रधानमन्त्रीलाई पठाएको समूहका कन्भेनर्रर् इश्वरी प्रसाद अधिकारीले बताउनुभयो ।देशमा हुनसक्ने नरसंहार, मानवता विरुद्धका अपराध र युद्ध अपराधका घटनाहरुमा दण्डहिनताको अन्त्यका लागि अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गरेर प्रतिवद्धता ब्यक्त गर्न सरकारलाई अनुरोध गर्ने उद्देश्यले हस्ताक्षर संकलन गरिएको अधिकारीले बताउनुभयो ।
No comments:
Post a Comment