बेसीशहर फागुन ११
उच्च शिक्षा र आकर्ष रोजगारीको सपना बुन्दै बेलायत पुगेका सयौं नेपाली विद्यार्थीहरुले बसोबास तथा काम खोज्न निकै समस्या ब्यहोर्नु परेको छ ।
बेलायतको महंगो बसाइ र नेपालबाट लगेको सीमित खर्च सकिँदा पनि काम नपाउँदा उनीहरुलाई निकै कठिनाइ परीरहेको उनीहरुको गुनासो छ । बेलायतका विभिन्न कलेजहरुमा अहिले हजारौं नेपाली विद्यार्थीहरु अध्ययनका लागि पुगेका छन् । एकातिर घरबाट लगेको सीमित खर्च सकिँदा पनि रोजगारी नपाउनु, अर्कोतिर त्यहाँका विश्वविद्यालयमा आफूहरुले सोचे अनुसारको स्तर नहुँदा उनीहरु मर्कामा परेका हुन् ।
गतबर्षाट शुरु भएको विश्वब्यापी आर्थिक मन्दीको प्रभावले बेलायत पनि नराम्ररी प्रभावित भएको छ । विश्वमा दह्रो अर्थतन्त्र भएको मानिएको बेलायतमा आर्थिक मन्दीका कारण बेरोजगारीहरुको संख्या हृवात्तै बढेको छ । बेलायतमा मात्र अहिले लाखौं ब्यक्तिहरु बेरोजगार रहेको बताइन्छ । मन्दीका कारण त्यहाँका विभिन्न कम्पनी तथा कलकारखानाहरु पनि बन्द हुन पुगेकाले बेरोजगारी बढेको र नेपाल लगायत अन्य विभिन्न मुलकबाट अध्ययनका लागि त्यहाँ जाने विद्यार्थीहरुले काम पाउन निकै मुश्किल भएको त्यहाँ पुगेका विद्यार्थी मिलन गुरुङले बताउनुभयो । उहाँका अनुसार बेलायतमा कोही आफन्त वा नजिकको मान्छे नभए त्यहाँ गएर गुजरा गर्न निकै मुश्किल छ । बेलायतको जीवनशैली र त्यहाँ बस्न पढ्न लाग्ने खर्चबारे राम्रो संग नबुझेर सिमित रकम लिएर जाने गर्नाले नेपाली विद्यार्थीहरुले निकै समस्या ब्यहोर्नु परेको उहाँले बताउनु भयो ।
No comments:
Post a Comment