बेसीशहर फागुन ११
लोपोन्मुख रहेका कारण संरक्षित जनवारको सूचिमा रहेको चितुवा मर्ने क्रम लमजुङमा बढ्दो रुपमा देखा परेको छ । पछिल्लो पटक र्सर्ूयपाल गाविसको वडा नं. ९ स्कुलटारका बासिन्दाको कुटाइबाट एउटा चितुवाको मृत्यु भएको छ । लमजुङमा गत साउनयता मर्ने चितुवाको संख्या छ पुगेको छ ।
आइतबार बिहान पाँच बजे देखि गाउँमा देखिएको चितुवालाई लेखट्न खोज्दा स्थानीयबासीमाथि चितुवा जाइलागे पछि सबै स्थानीयबासीले मिलेर चितुवा मारेका थिए । मंगला उच्च माध्यमिक विद्यालय नजिकै रहेको मित्रलाल भट्टर्राई र सन्तोष बस्नेतको घरको विचमा चितुवा भेटिएको थियो ।
लखेटने क्रममा चितुवाको आक्रमणबाट केही स्थानीयबासीकोे कपडासमेत च्यातिएको गाउँलेहरुले बताएका छन् । ेयस विषयमा सरजिमिनका लागि घटनास्थलतर्फकर्मचारी खटाइएको र विस्तृत विवरण आइनसकेको जिल्ला वन कार्यालयका रेञ्जर काशीराज पण्डितले बताउनुभयो ।
No comments:
Post a Comment