बेसीशहर फागुन ११
बेसीशहर- माओवादी निकटको तमु मुक्ति मोर्चाले ६ सय मेघावाट विद्युत उत्पादन क्षमताकोे माथिल्लो मर्स्याङदी-२ जलबिद्युत आयोजनाको विस्तृत अध्ययन कार्य बन्द गराएपछि आयोजना खुलाउन पहल सुरु भएको छ । मुुलुकको तेस्रो ठूलो आयोजना भनि चिनिएको माथिल्लो मर्स्याङ्दी-२ बन्द हुँदा यसले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा तरङ्ग पैदा भएको छ ।
माओवादी तथा तमु मुक्तिमोर्चाका नेता तथा कार्यकर्ताले गत सोमबार दिउसो निर्माणस्थलमा पुगी आयोजनाका काम बन्द गराउन चेतावनी दिनुका साथै निर्माणस्थलमा झण्डा गाडेपछि मंगलबारबाट त्यहाँको काम पर्ूण्ातया बन्द भएको छ ।
सरकारले आयोजनाको काम बन्द गराएकोमा माओवादीको आलोचना गरेको छ । सरकारले आयोजनाको काम बन्द गराएर लगानीकर्तालाई माओवादीले तर्सर्ाा खोजेको आरोप लगाएको छ । उर्जा मन्त्रालयले एक विज्ञप्ती प्रकाशित गरी लगानी मैत्री वातावरण बनाउन सहयोग गर्न माओवादीलाई अनुरोध पनि गरेको छ ।
उता माओवादीले आयोजनाको र्सर्वेक्षण अनुमाति पाएको हिमताल हाइड्रोपावर कम्पनीले गोप्य रुपमा भारतको जीएमआर कम्पनीलाई विक्री गर्न लागेको आरोप लगाएको छ ।
आरोप प्रत्यारोपका बीचमा आयोजनाको विस्तृत अध्ययन गर्नुपर्ूव गर्नुपर्ने वातावरण प्रभाव मूल्याङ्कन लगायतका आधारभूत कार्यहरु नभएको खुलासा भएको छ । परियोजनाको र्सर्वेक्षण सुरु गर्नुपर्ूव वातावरण प्रभाव मूल्याङ्कन, र्सार्वजनिक सुनुवाई लगायतका कामहरु नभएको, स्थानीय प्रभावित जनतालाई थाहै नदिई आयोजना शुरु गरेको खुलेको हो ।
नेपालमा स्वीकृत प्राप्तमध्ये तेस्रो ठूलो आयोजनाको रुपमा रहेको यो आयोजनालाई सुचारु गराउन पहलहरु पनि सुरु भएका छन् । यसै क्रममा आइतबार बेसीशहरमा एक र्सवपक्षीय वैठक आयोजना भयो । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, स्थानीय प्रशासन, हिमतालका प्रतिनिधि सम्मिलित वैठक निष्कर्षा पुग्न नसके पनि स्थानीयबासीलाई गुमराहमा पारी आयोजना सञ्चालन गरेकोमा हिमताल र जिएमआरको र अचानक बन्द गराएकामा माओवादीको कडा आलोचना भएको थियो । वैठकमा सहभागी नेपाली कांग्रेस लमजुङका सचिव अर्जन पराजुलीले माथिल्लो मर्स्याङ्दी २ को विस्तृत अध्ययन मात्र भएको र निर्माणको जिम्मा कसले पाउने भन्ने निक्र्यौल नभएको अवस्थामा विस्तृ अध्ययन कार्य बन्द गराइनुलाई दर्ुभाग्यपर्ूण्ा भएको बताउनुभयो । उहाँले हिमताल हाइड्रोपावरले समेत दलहरुलाई आयोजनाको विषयमा जानकारी नगराएकाले समस्या
उत्पन्न भएको बताउनुभयो ।
नेकपा एमाले लमजुङका अध्यक्ष जमीन्द्रमान घले पनि तमु मुक्ति मोर्चाको नाममा कसैसंग छलफल नगरी आयोजनामा झण्डा गाड्ने र काम बन्द गर्नु गलत भएको बताउनभयो । उहाँले भन्नुभयो-"मुद्दा ठिक हुन् तर शैली र प्रक्रिया बेठिक भयो । आयोजनामा स्थानीयबासीलाई हित हुने बुँदा समावेश नभए, राष्ट्रिय हितमा नभएको भए सबै दलसंग छफलफल हुन गर्न सकिन्थ्यो । मर्स्याङदी नदी माओवादी र तमु मुक्ति मोर्चाको मात्र पेवा नभएकाले र अरु पार्टर्ीीवपक्षमा रहेको सन्देश जाने गरी बन्द गरेकोमा एमाले सहमत हुन सक्दैन । उहाँले हिमतालले स्थानीय जनतालाई वाइपास गर्ने प्रक्रिया पनि वेठिक भएको बताउनुभयो । हिमतालले अनुमति पाएको विषयमा पहिल्यै दलहरुलाई जानकारी गराएको भए समस्या आउने थिएन ।
वैठकमा आआयोजना सुचारु गर्ने सम्बन्धमा पुन अर्को वैठक बोलाउन जलविद्युत पर््रवर्द्धन र सरोकार समितिलाई जिम्मा दिइएको छ ।
No comments:
Post a Comment