बेसीशहर फागुन ११
औषधी उपचार गर्न नसकेपछि रुकुममा सामूहिक आत्महत्या भएको खबर सेलाउन नपाउँदै लमजुङका एक युवकले पनि आर्थिक अभावमा उपचार गर्न नसकी आत्महत्या गरेको समाचार प्रकासमा आएको छ ।
लमजुङको भुलभुले गाउँ विकास समिति वडा नम्बर १, बडागाउँ निवासी २३ बर्षा सुरज परियारले आफ्नो उपचार हुन नसकेपछि निराश भइ आइतबार राती आत्महत्या गरेका हुन् । उनको पारिवारिक श्रोतका अनुसार गत जेठमा रोजगारका लागि मलेसिया पुगेका परियार विरामी परेपछि घर फर्केका र घर आएदेखि नै निकै चिन्तित हुने गरेका थिए ।
उनको उपचारमा ठूलो खर्च आउने देखेपछि रोजगारदाता कम्पनीले उनलाई गत माघ १९ गते स्वदेश फर्काइ दिएको थियो । माघ २६ गते घर आइपुगेका परियार बेसीशहरको सामुदायिक अस्पतालमा उपचार गराउन भर्ना भए । तर अस्पतालले यहाँ उपचार हुन नसक्ने जानकारी गराएपछि उनी भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पताल पुगे । त्यहाँ पनि रोग निको नहुने संकेत देखेपछि उनी निराश भई घर फर्केका थिए । मृतक परियारका श्रीमती, चार महिनाको एक छोरा र बृद्ध बाबु हुनुहुन्छ ।
No comments:
Post a Comment