बेसीशहर फागुन ११
उमेरले नेटो काटिसक्यो, तर जोश उही १६ बर्षो छ । राजनीति गरेको पनि अहिले ६२ बर्षपुग्यो । नेपाल र नेपालीको मुहार फर्ेर्ने सपना बुनेर २००४ सालबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा होमिनु भएका लमजुङको खुदी गाविस निवासी ८७ बषिर्य शेरबहादुर भण्डारीमा अझै पनि युवा जोश ताजै छ । परिआएमा अहिलेका युवाहरुलाई उहाँ पछि पारिदिनुहुन्छ ।
१७ बर्षो उमेरमा १९९७ सालमा नेपाली सेनामा जागिरे हुनु भएका भण्डारीको २००४ मा जननायक बिपी कोइरालासंग सर्म्पर्क भयो । जेलमा ड्युटिमा रहँदा विपीसंग कुराकानी हुन्थ्यो । उहाँकै प्रेरणाले सेनाबाट व्रि्रोह गरी राजनीति शुरु गर्नुभएको थियो उहाँले । भण्डारीले तत्कालीन नेताहरु मातृका प्रसाद कोइराला, टंकप्रसाद आचार्य, गणेशमान सिंह लगायतसंग हातेमालो गरी राणाशासन विरुद्धका विभिन्न मोर्चामा रही आन्दोलनको नेतृत्व गर्नुभएको थियो । पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालादेखि वर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंगै राजनीति गरेको क्षण अझै ताजै छ उहाँसंग । तर उहाँसंगै र पछि राजनीति गरेका कर्यौ नेताहरुको अवस्था कहाँबाट कहाँ पुगिसक्यो । तर उहाँसंग आफ्नो ७८ बषिर्य रोगी शरीर, एउटा भत्कन लागेको घर बाहेक केही छैन । कहिले काहीँ चिया खाने पैसासमेत नहुँदा साह्रै नमज्जा लागेर आउने उहाँ बताउनुहुन्छ ।
जीवनको उत्तर्रार्द्धसम्म प्रंजातान्त्रिक आन्दोलनमै जीवन उर्त्र्सग गरेका लमजुङका पुराना काग्रेस नेता शेरबहादुर भण्डारी साँच्चै यतिबेला बिचल्लीमा हुनुहुन्छ । श्रीमतीको मृत्यु भइसक्यो, छोराहरु आफ्ना सुर गरेर बाहिर बसेकाले अहिले नजिकै रहेको छोरीको घरमा उहाँ बस्दै हुनुहुन्छ ।
प्रजातन्त्रका सेनानी शेरबहादुर भण्डारी नेपाली प्रजातान्त्रिक आन्दोलनको एउटा जिउँदो इतिहास हुनुहुन्छ । बिपी कोइरालादेखि वर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका समेत सहपाठी रहनुभएका भण्डारी वि.सं. १९९७ सालमा १७ बर्षो छँदा नेपाली सेनामा भर्ती हुनुभएको थियो । २३ बर्षो उमेरमासेनामा हवल्दारको जागिर छोडेर नेपाली कांग्रेसले गठन गरेको मुक्ति सेनामा उहाँ सामेल हुनुभयो र ००७ सालको आन्दोलनमा विभिन्न स्थानमा मुक्ति सेनाको नेतृत्व गर्नुभयो ।
पटकपटक गरी ४ पटकसम्म जेल जीवन बिताउनुभएका भण्डारीले २०१३ सालको भद्र अवज्ञा आन्दोलन, ०१७ साल, ०२८ साल, ०३६ सालको जनमतसंग्रह, ०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलन हुंदै २०६३ सालको लोकतान्त्रिक आन्दोलनमा समेत सक्रिय भूमिका निर्वाह गनर्ुर्ुुो । राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेपछि २०१७ सालमा उहाँले भूमिगत राजनीति गर्नुभयो । २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरेदेखि नै जिल्लादेखि केन्द्रसम्म भएका हरेक विरोध कार्यक्रममा उहाँले सक्रिय सहभागित जनाउनुभएको थियो ।
८५ बर्षो उमेरमा पनि उत्तिकै जोशिला शेरबहादुर जनआन्दोलन- २ का क्रममा २०६२ चैत्र २९ गते नयां सडकमा प्रहरीले कुट्दा उनले उल्टै प्रहरीको लौरी खोसेर कुटेको कहिल्यै भुल्दैनन । जनआन्दोलन- २ का लागि २०६२ साल माघ देखि बैशाखसम्म काठमाडौंमा बसेर सक्रिय सहभागिता जनाएका शेरबहादुरलाई आन्दोलनका लागि काठमाडौं बसेर होटलमा खाएको ७ हजार रुपैंया अझै तिर्न नसकेकोमा उहाँलाई नमज्जा लागिरहन्छ । पैसा तिर्न नसकेकै कारण साहुजीलाई मुख देखाउन लाज लागेर काठमाडौं जान नसकेको शेरबहादुर बताउनुहुन्छ ।
प्रजातन्त्रका लागि सिंगो जीवन आन्दोलनको मोर्चामा विताउनुभएका भण्डारीसंग अहिले चिया खाने पैसा पनि छैन । देश र जनताका लागि आफ्नो जीवनका महत्वपर्ूण्ा समय गुजार्नुभएको उहाँ अहिले सहाराबिहीन हुनुहुन्छ । शेरबहादुरमात्र नभई उहाँको परिवार नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा होमिएको थियो । भूमिगत राजनीति गर्ने क्रममा नेपाल तरुण दलमा सक्रिय उहाँका माइला छोरा दिलबहादुर भण्डारी २०३५ सालमा कास्कीबाट बेपत्ता हुनुभएकोमा आजसम्म पनि अत्तोपत्तो छैन ।
आफूले दुःख पाए पनि देश, जनता र पार्टर्ीीे उन्नति भएको हेरेर मर्ने भण्डारीको ठूलो धोको छ । तर देश र जनताको भलो त भएन नै पार्टर्ीीनि कमजोर भएकोमा उहाँलाई निकै दुःख लागेको छ । नेताहरु जनतामुखी हुनर्ुपर्छ भन्ने मान्यता राख्ने भण्डारी अहिले त्यो सिद्धान्त बोक्ने नेताहरु पार्टर्ीी कम भएकै कारण पार्टर्ीी संविधानसभामा हार ब्यहोरेको दावी गर्नुहुन्छ ।
कांग्रेस पार्टर्ीी देशका लागि कपाल फुलाएका भण्डारीलाई दुवैको निकै चिन्ता छ । संविधानसभामा कांग्रेस दोस्रो ठूलो पार्टर्ीीे रुपमा आउँदा भण्डारीलाई निकै चिन्ता लाग्यो । पार्टर्ीीकन दोस्रो पंक्तिमा झर्यो त्यो भित्रैदेखि अध्ययन हुनुपर्ने उहाँका मान्यता छ । पार्टर्ीी गुट उपगुट हुन हुँदैन, यसले पार्टर्ीीई हानी गर्छ भन्ने मान्यता राख्ने भण्डारी अझै पनि कांग्रेसलाई सबै भन्दा ठूलो पार्टर्ीीे रुपमा उभिएको हर्ेर्नेर् इच्छा छ । राजनीतिक दलहरुको खिचातानीले बेलैमा संविधान नबन्ने पो हो कि भन्ने पनि उहाँलाई झन्ै चिन्ता छ । बाँचुन्जेल प्रजातन्त्रका लागि लडिरहने बताउने भण्डारी आफूलाई पार्टर्ीी नेता कार्यकर्ताले निकै आदर गर्ने गरेको सुनाउनुहुन्छ । तर उहाँको एउटै गुनासो छ, बुढेसकालमा जीवन निर्वाहका लागि पार्टर्ीी केही योगदान गरिदेओस् ।
अहिले राजनीतिक पीडितका नाममा गैरपीडितले मोटो रकम बुझने गरेका छन् । तर नेपालको प्रजातान्त्रिक आन्दोलनका जिउँदा इतिहास भण्डारीलाई अहिले चिया खान पनि रहर हुनलाई विडम्बना नै मान्नर्ुपर्छ ।
No comments:
Post a Comment