scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, March 2, 2010

डहरेमा निःशुल्क स्वास्थ्य शिविर र आयोडिनयुक्त नुन वितरण

वाहुनडाँडा-फागुन १८
जिल्लाको दर्ुगम गाँउ बाहुनडाँडा गा.वि.स.वडा नं १, डहरेमा वाहुनडाँडा गा.वि.स.को प्रायोजन र वाहुनडाँडा उपस्वास्थ्य चौकी एवं योङ्ग स्टार क्लबको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर र आयोडिनयुक्त खाने नुन वितरण कार्यक्रम सम्पन्न भएको छ ।
डहरे गाउँका १३ घर लाई प्रति परिवार ५ के.जी. का दरले आयोडिनयुक्त नुन वितरण गरिएको थियो भने उपस्वास्थ्य चौकी बाहुनडाँडाका अ.हे.ब. रमानाथ घिमिरेले विरामीको स्वास्थ्यजाँच गर्नु भएको थियो । 
बाहुनडाँडाबाट पनि झण्डै एकदिनको यात्रा गरी पुग्न सकिने डहरे गाउँ विकास, शिक्षा, सरसफाई र स्वास्थ्य सेवाबाट बञ्चित रहँदौ आएको छ । पटक पटक  स्वास्थ्य शिक्षा लगायतका विषयमा  गुनासो आइरहने डहरे गाउमा विद्यालयको विषयमा जिल्ला देखि क्षेत्रसम्म चर्चा चलेपछि सो विद्यालयका प्र.अ. श्री चन्द्रकान्त घिमिरे नियमित विद्यालय जान थल्नभएको छ ।

No comments:

Post a Comment