scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, February 24, 2010

सबैलाई उदाहरण बने लक्ष्मीप्रसाद

बेसीशहर फागुन ११

चक्रतर्ीथ- सीप र जाँगर भए पैसा कमाउन विदेशिनु पर्दैन, जागिरै गर्नुपर्छ भन्ने पनि छैन, न त ठूलो लगानी गरेर ब्यवसाय नै गर्नुपर्छ । सानै लगानीमा आफ्नै घर, गाउँमा बसेर पनि मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदारण चक्रतर्ीथका एक किसानले प्रमाणित गरेर देखाउनुभएको छ ।

चक्रतर्ीथ गाविस वडा नंं ३ तीनपिप्लेका किसान लक्ष्मीप्रसाद भट्टले लमजुङमा नै पहिलो पटक मरिच खेती गरेर राम्रो आम्दानी गर्नुभएको मात्र छैन पैसा कमाउने ध्येयमा विदेश भौंतारिने युवाहरुलाई उदाहरण समेत देखाउनुभएको छ । घर घरमा मसालाको रुपमा प्रयोग गरिने मरिचको जिल्लामा पहिलो पटक ब्यवसायीक खेती गरेर भट्टले गरे के हुँदैन र भन्ने नमूना पनि प्रस्तुत गर्नुभएको छ ।

विगत ४० बर्षेखि कृषि कर्म गर्दै आउनुभएको ६५ बषिर्य भट्टले आफ्नै घर वरीपरी २५ रोपनी क्षेत्रफल जमीनमा मरिचको खेती गर्नुभएको छ । भट्टको घर अगाडि घरबारीमा लगाइएका आँप सुन्तला लगायतका फलफूलको बगैंचामा मरिचको पनि संगसंगै खेती भएको छ । मरिच लहराको रुपमा फैलने भएकाले फलफूलको विरुवाले मारिचलाई थाँक्राको काम गरेका छन् । फलफूलको रुखको फेदमा रापिएको मरिच फैलिएर टुप्पोसम्म पुगेका छन् । लटरम्म भइ झुप्पा झुप्पा भइ फलेका मरिच देख्दा उहाँको बगैंचामा पुग्ने जो कोही पनि दंग पर्ने गर्छन् । जिल्लाका अन्य किसानले मरिच खेतीको सम्भावनाबारे सोच्दै नसोचेका बेला भट्टले ब्यवसायीक रुपमा उत्पादन गरी आम्दानी समेत गरीरहनुभएकोमा त्यहाँ पुग्नेहरु उहाँको प्रशंसा नगरी धरै पाउँदैनन् ।

मरिच खेतीका साथै भट्टले मरिचको विरुवा पनि उत्पादन गर्नुभएको छ। उहाँको नर्सरीमा उत्पादन भएको मरिचको विरुवा पर्ूवमा झापादेखि सुदुरपश्चिम डडेलधुरासम्म पुग्ने गरेको छ । मसलाबाली तथा कृषि कार्यालयसंग समन्वय गरी ती विरुवा उहाँले देशका विभिन्न जिल्लामा पुर्‍याउने गर्नुभएको छ । त्यसो त विरुवा विक्री गर्न उहाँलाई झञ्जट पनि छैन । घरमै आउनेलाई विरुवा पुर्‍याउन नसकेको बताउने भट्टले लमजुङ आवाजलाई भन्नुभयो- " अहिले विभिन्न जिल्लाबाट ५० हजार मरिचको विरुवाको अर्डर आएको छ, कसरी पुर्‍याउने होला भने चिन्तामा छु ।" उहाँका अनुसार मरिचको विरुवा प्रति गोटा १५ रुपैयाँमा विक्री हुने गरेको छ ।

मरिचको उत्पादन राम्रो भएपनि त्यसको उचित मूल्य भने पाउन नसकेको भट्टको गुनासो छ । स्थानीय बजारमा भनेजस्तो मूल्य पाउन नसक्दा भट्ट थोरै मुल्यमा बेच्नुपरेको बताउनुहुन्छ । उहाँले उत्पादन गर्नुभएको मरिच स्थानीय बजारमै खपत हुन्छ । तनहूँको बाइसजाँगर, कालीमाटी, तुरतुरे र डुम्रेसम्म उहाँको मरिच पुग्ने गरेको छ । बजारमा मरिचको मूल्य प्रति के.जी.३ सय भन्दा बढी भए पनि उहाँले प्रति केजी २ सयदेखि २ सय ५० सम्ममा विक्री गर्ने गर्नुभएको छ ।

No comments:

Post a Comment