बेसीशहर- मदिरा सेवन गरी होहल्ला गर्ने, झगडा गर्ने आदि कारणले गाउँमा विकृति र विसंगति बढे पछि लमजुङको चक्रतर्ीथ गाविसका महिलाहरु संगठित भइ गाउँलाई मदिरा नियन्त्रणमा जुटेका छन् ।
गाउँ घरमा पुरुष र विशेष गरी युवाहरु मदिरा सेवन गरी गाउँमा झगडा गर्ने, होहल्ला गर्ने गरेपछि आजित भएका चक्रतर्ीथ गाविसका महिलाहरुले अहिले सिंगो गाविसलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेका छन् । मदिराका कारण गाउँमा विकृति बढेको र बालबालिकाहरुमा पनि त्यसबाट नराम्रो असर परेपछि महिलाहरुले गाउँमा मदिरा उत्पादन, विक्री वितरण र सेवन गर्न रोक लगाएका छन् ।
महिलाहरुले मदिरा निषेध गरेपछि अहिले गाउँको अवस्थामा निकै सुधार आएको महिलाहरुको दावी छ । उनीहरुका अनुसार अहिले गाउँका पसलहरुमा मदिराको विक्री वितरण हुन छोडेको छ । पसलेहरुले पनि मदिरा बेच्न छोडेका छन् । मदिरा बेचविखन हुन छाडेपछि सेवन गर्नेहरुको संख्यामा पनि कमी आएको स्थानीय नानुमाया भण्डारी बताउनुहुन्छ ।
महिलाहरुले गाउँमा कसैले अटेर गरी मदिरा सेवन गरी होहल्ला गरेको थाहा पाए जरिवानाको ब्यवस्था पनि मिलाएका छन् । नियम नमान्नेलाई पहिलो पटक ५ सय, दोस्रो पटक १ हजार र तेस्रो पटक १ हजार ५ सय जरिवाना गर्ने नियम बनाइएको भण्डारीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment