scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, February 24, 2010

तमु मुक्ति मोर्चाद्वारा मर्स्याङ्दी-२ बन्द

६ सय मेघावाट विद्युत उत्पादन हुने माथिल्लो मर्स्याङदी-२ जलबिद्युत आयोजनाकोको विस्तृत अध्ययन कार्य माओवादी निकट तमु राष्ट्रिय मुक्ति मोर्चाले बन्द गराएको छ ।

मोर्चाका कार्यकर्ताले सोमबार दिउसो निर्माणस्थलमा पुगी आयोजनाका काम बन्द गराएका हुन् । हिमताल हाइड्रोपावर कम्पनीले सरकारबाट र्सर्वेक्षण अनुमति प्राप्त गरे पनि गोप्य रुपमा भारतको जीएमआर कम्पनीलाई विक्री गर्न लागेको भन्दै मोर्चाका केन्द्रीय अध्यक्ष तथा गोरखा क्षेत्र नं. १ का सभासद् अमर तमुको नेतृत्वमा गएका माओवादी तथा मोर्चाका कार्यकर्ताले आयोजना बन्द गराएका थिए । सो टोलीमा लमजुङ क्षेत्र नं. १ का सभासद बुद्धीराम तमु, एकीकृत नेकपा माओवादी जिल्ला संगठन कमिटी लमजुङका सेक्रेटरी मोहनहरी पौडेल, मनाङका सेक्रेटरी बेद बहादुर तमु लगायतका माओवादी कार्यकर्ताहरुको सहभागिता थियो ।

आफ्नो नेतृत्वको सरकार गिराउन भारतको हात रहेको भन्दै भारतप्रति क्रुद्ध बन्दै आएको माओवादीले सो आयोजनामा भारतीय कम्पनी जिएमआरको गोप्य लगानी रहेको र उत्पादित विद्युत पनि गोप्य रुपमा भारत लगिन लागेको आरोप लगाउँदै आयोजना बन्द गर्न चेतावनी दिएको हो । उक्त आयोजनाबाट उत्पादित विद्युतसमेत गोप्य रुपमा सिधै भारतमै लैजाने षडयन्त्र हुन लागेको भन्दै सोमबार आयोजनास्थलमा पुगेका नेता कार्यकर्ताहरुले आयोजना बन्द गराउन चेतावनी दिएका थिए । उनीहरुले आयोजना बन्द गर्न

आग्रह गर्दै बन्द नभएमा त्यसको परिणाम भोग्न तयार रहन कडा चेतावनी समेत दिए । उनीहरुले आयोजनाको निर्माण स्थलमा झण्डासमेत गाडेका छन् ।

मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा केन्द्र र प्रदेशहरुको प्राकृतिक श्रोत साधनमाथिको अधिकार स्थानीय आदिवासी जनजातिको हुनुपर्ने भन्दै मोर्चाले आदिवासी जनजाति र पुरै देशको हित विपरित विदेशीको स्वामित्वमा जान लागेकोले आयोजना बन्द गराउनु परेको दावी गरेको छ । मोर्चाले अर्को ब्यवस्था नभएसम्मका लािग सो आयोजना सञ्चालनमा ल्याउन नहुने बताएको छ ।

गत मंसिरमा हिमताल हाइड्रो पावर कम्पनीले उर्जा मन्त्रालयबाट ६ सय मेघावाट विद्युत उत्पादन हुने गरी डीपीआर तयार गर्ने अुनमति लिएको थियो । यस अघि आयोजनाबाट २ सय ५० मेघावाट विद्युत उत्पादन हुने प्रारम्भिक र्सर्वेक्षण थियो ।

रन अफ रिभर प्रबिधिमा निर्माण हुन लागेको यो आयोजनाको बाँध मनाङको तालमा रहने र ११.२ कि.मी. लम्बाइको भुमिगत सुरुङबाट पानी ल्याइ लमजुङको स्याँगेमा भूमिगत विद्युत गृह बनाई ६ सय मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य थियो ।

हिमताल कम्पनीले हाल परियोजनाको बाँध र बिद्युत गृहको रहने स्थानमा माटो, पानी, बालुवा, भित्री चट्टान तथा अन्य भूमिगत अबस्थाको बारेमा परिक्षण कार्य गरिरहेका थियो । सो क्रममा २ सय ५० मिटर लामो भूमिगत सुरुङ खन्ने काम सकिएको कम्पनीले जनाएको छ ।

परियोजनाको डीपीआर तयार हुन अब एक महिनामात्रै बाँकी रहेको अबस्थामा मोर्चाले भारतीय कम्पनी जीएमआरको ८० र हिमताल हाईड्रोपावर कम्पनीको २० प्रतिशत लगानीमा निर्माण हुन लागेकोले सो आयोजनाको स्वामित्व पनि भारतमा जाने जिकिर गरेको छ । उर्जा मन्त्रालयले सचिब स्तरिय निर्ण्र्ाााट गत मंसिर १० गते आयोजनाको जडित क्षमता २ सय ५० मेगावाटबाट बृद्धि गरि ६ सय मेगावाट विद्युत उत्पादन गर्न स्वीकृत दिइएको थियो ।

No comments:

Post a Comment