बेसीशहर-फागुन १८
आगामी चैत्र १२ देखि २० गतेसम्म सञ्चालन हुने यस वर्षो प्रवेशीका -एसएलसी) परीक्षामा लमजुङ जिल्लाबाट बाट ३ हजार एक सय ४१ परीक्षार्थी सहभागी हुने भएका छन् ।
जिल्ला शिक्षा कार्यलय लमजुङबाट प्राप्त जानकारी अनुसार परीक्षामा नियमिततर्फ२ हजार ८ सय ९८ र एक्जाम्टेडतर्फ२ सय ४७ परीक्षार्थी सहभागी हुने छन् । परीक्षाका लागि जिल्लाका विभिन्न स्थानमा गरी १८ वटा परीक्षा केन्द्र तोकिएको छ । किार्यालयका अनुसार यस वर्षपनि गत वर्षजस्तै १८ परीक्षा केन्द्र तोकिएको छ । जिल्ल्ााका ६२ सामुदायिक र ८ निजी गरि ७० विद्यालय प्रवेशिका परीक्षामा सहभागी हुने छन् । कार्यालयका अनुसारका परीक्षार्थीहरु प्रवेशीका परीक्षामा सहभागी हुदछन् । जल्ला शिक्षा कार्यालयबाट २१ परीक्षार्थीले प्राइभेट रुपमा परीक्षा दिने कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment