बेसीशहर-फागुन १८
नेपाल पर्यटन वर्ष२०११ लाई सफल पार्न गोरखामा नयाँ पैदलबाटोको खोजी गर्न गोरखाबाट हिँडेको सभासद्सहितको २५ जनाको टोलीले स्वाँरा गाविसमा नेपालकै ठूलो गुफा पत्ता लगाएको छ ।
स्वाँरा गाविस-८ मा रहेको सो गुफा स्वाँरा, सौरपानी, आरुआवाङ र आरुचनौटे गाविस हुँदै आरुघाटसम्म रहेको र योभन्दा लामो गुफा नेपालमा अर्को नरहेको स्वाँरा एकता क्लबका अध्यक्ष बुद्धिबहादुर गुरुङले बताउनुभयो । पर्यटन व्यवसायी, पत्रकार, स्थानीय राजनीतिक दल, सभासद्, पर्यटन व्यवसायीसहितको टोली यही फागुन १५ देखि सातदिने अभियानमा गोरखाबाट निस्केको थियो ।
नेपालको सबैभन्दा ठूलो मानिएको तनहुँको सिद्ध गुफाभन्दा गोरखाको स्वाँरामा रहेको सीता गुफा लामो र ठूलो रहेको स्थानीय धामी बरामले बताउनुभयो ।
No comments:
Post a Comment