scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, March 31, 2010

६ सय मेघावाट क्षमता रहेको माथिल्लो मर्स्याङ्दी -२ का प्राविधिक तथा कर्मचारी हटाइए

बेसीशहर चैत्र १७

एकीकृत नेकपा माओवादी निकटको तमु राष्ट्रिय मुक्ति मोर्चाले बन्द गर्ने चेतावनी दिएपछि गत फागुन ३ गतेबाट बन्द रहँदै आएको ६ सय मेघावाट क्षमता रहेको माथिल्लो मर्स्याङ्दी -२ का प्राविधिक तथा कर्मचारीलाई हटाइएको छ ।

आयोजनाको डिपीआर तयार गरिरहेको हिमताल हाइड्रोपावर कम्पनीले तत्काल काम शुरु गर्न सहमति नबन्ने संकेत नदेखिए पछि त्यहाँ कार्यरत ८० जना प्राविधिक र कर्मचारी हटाएको हो । मनाङको तालमा बाँध बाधेर, लमजुङको स्याँगेमा विद्युत गृह निर्माण गरी ६ सय मेघावाट विद्युत निकाल्ने लक्ष्यका साथ आयोजनाको डिपीआर तयार हुँदै गर्दा मोर्चाले आयोजना बन्द गराएको थियो । आयोजना सुचारु गर्न विभिन्न चरणमा भएका वार्ताहरु विना निष्कर्षटुंगिएपछि हिमतालले काम बन्द गरेको छ ।

एकीकृत नेकपा माओवादी र तमु मुक्ति मोर्चाले प्राकृतिक श्रोत माथि स्थानीय आदिवासीको अग्राधिकारको सुनिश्चितता नभएसम्म आयोजनाको काम चल्न नदिने बताउँदै आएको छ । सो संस्थाका अध्यक्ष तथा सभासद अमर तमुले हिमताल कम्पनीको ८० प्रतिशत शेयर भारतको जीएमआर कम्पनीले खरीद गरेको र माथिल्लो मर्स्याङदीबाट उत्पादित विद्युत सिधै भारत लैजाने तयारी भइरहेको गोप्य सूचनाका आधारमा आयोजना बन्द गराएको बताउँदै आउनुभएको छ ।

तर अन्य राजनीतिक दलले भने आयोजनाबाट उत्पादित विद्युत खरीद विक्रीको सम्झौता नै नभएको अवस्थामा विना कुनै आधार आयोजना बन्द नगरी सुचारु गर्न आग्रह गर्दै आएका छन् । तर माओवादी र तमु मुक्ति मोर्चाले भने कुनै पनि हालतमा आयोजना चल्न नदिने बताउँदै आएका छन् । माओवादी नेताहरुले बल प्रयोग गरेर आयोजना सञ्चालन गर्न खोजिए आफ्नो तर्फाट पनि बल प्रयोग हुने चेतावनी दिएका छन् ।

No comments:

Post a Comment