बेसीशहर चैत्र १७
धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपर्ूण्ा तार्कु गाविस क्षेत्रको प्रचार प्रसार गरी गाउँलाई ग्रामीण पर्यटनको क्षेत्रमा विकास गर्ने लक्ष्यका साथ आगामी चैत २५ गतेदेखि २९ गतेसम्म तार्कु महोत्सवको आयोजना गरिने भएको छ ।
महोत्सवमा स्थानीय कृषि-पशु, घरेलु तथा हस्तकला, विभिन्न जात जातिका संस्कृति साथै झाँकी पर््रदर्शनी गर्नुका साथै ठाडो भाकाको गीत, लोकनृत्य, चुड्का, रत्यौली, चेतनामुलक नाटक, दोहोरी गीत, खाना महोत्सव लगायतका कार्यक्रमहरु गरिने छ । स्थानीय कला, संस्कृति, ऐतिहासिक, धार्मिक पुरातात्विक वस्तुहरुको संरक्षण, स्थानीय उद्योग, ब्यापार, कृषि, शिक्षा र ग्रामीण पर्यटन पर््रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको प्रचार प्रसार समितिले जनाएको छ ।
महोत्सवमा हिमालचुली कला साहित्य प्रतिष्ठानले तेस्रो पर्यटन साहित्य यात्राको आयोजना गर्ने भएको छ । साहित्य यात्रामा निस्कने कवि,साहित्यकारहरुले तार्कुको धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्वका बारेमा तत्स्थानमा रचिएका आफ्ना रचना वाचन गर्नेछन्। साहित्यको माध्यमबाट पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गरी पर्यटन पर््रवर्द्धन गर्ने उद्देश्यले हिमालचुली कलासाहित्य प्रतिष्ठानले दर्ुइ बर्षअघिदेखि पर्यटन साहित्य यात्राको आयोजना गर्दै आएको छ।
No comments:
Post a Comment