बेसीशहर चैत्र १७
आगामी जेठ १४ भित्र नयाँ संविधान जारी गर्न दवाव दिने उद्देश्यले शान्ति र नयाँ संविधानः राष्ट्रिय एकताको लागि एमालेको अभियान भन्ने नारा लिएर सत्तारुढ प्रमुख घटक नेकपा एमालेले गाउँ दौडाह शुरु गरेको छ ।
बेसीशहरमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टर्ीी जिल्ला कमिटी अध्यक्ष जमीन्द्रमान घलेले सोमबार देखि सुरु भएको अभियान अर्न्तर्गत चैत्र मसान्तसम्म सबै गाउँ कमिटीमा भेला, वैठकहरु गर्ने, प्रत्येक गाविसहरुमा संविधान निर्माण र माओवादी लडाकु ब्यवस्थापनमा दवाव दिन हस्ताक्षर संकलन, संगठित सदस्य विस्तार, गाउँ कमिटी अधिवेशन लगायतका कार्यक्रम आयोजना गरिने बताउनुभयो ।
संविधान निर्माणमा दलहरु गम्भीर भएमा समयसीमाभित्र संविधान जारी हुन सक्ने बताउँदै घलेले १२ बुँदे समझदारी, शान्ति सम्झौता र अन्तरिम संविधानको मर्म अनुसार चल्न सके मुलुकमा विद्यमान सबै समस्या समाधान हुने उहाँले बताउनुभयो । उहाँले सबै दल मिलेर नै सदियौंदेखि जरा गाडेको सामन्तवादको अन्त्य भएकाले एकताबद्ध
भइ अघि बढे सबै समस्या समाधान हुने विचार राख्नुभयो ।
सो अवसरमा घलेले अभियानमा संविधान निर्माण र माओवादी लडाकुको ब्यवस्थापनाका लागि हस्ताक्षर संकलन गरी प्रजिअ मार्फ संविधानसभा अध्यक्ष कहाँ पुर्याइने जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला कमिटीका सचिव कृष्णप्रसाद अधिकारीले पार्टर्ीीे प्रेस विज्ञप्ती पढेर सुनाउनुभएको थियो ।
No comments:
Post a Comment