scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, March 10, 2010

र्सवपक्षीय वैठकमा झण्डै हात हालाहाल

फागुन २५
बेसीशहर- देशको सबै भन्दा ठूलो दल एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेस र आदिवासी जनजाति समन्वय परिषदका नेताहरुबीच एउटा कार्यक्रममा झण्डै हात हालाहाल भएको छ ।
    माथिल्लो मर्स्याङ्दी -२ को अबरोध खुलाउन शनिबार बसेको र्सवपक्षीय छलफल कार्यक्रममा आफ्ना कुरा राख्ने क्रममा नेताहरुबीच यस्तो अवस्था सिर्जना भएको हो । कार्यक्रममा तमु मुक्ति मोर्चा का अध्यक्ष तथा सभासद अमुर तमु र माओवादीका सेक्रेटरी मोहनहरि पौडेलले आयोजना देश र जनताको हितमा नभएकोले नयाँ संविधान नबनेसम्म आयोजना बन्द राख्नुपर्ने र नयाँ संविधान बनेपछि संसदको दुइ तिहाइले पास गरेर मात्र सञ्चालन गर्नुपर्ने विचार राख्नुभयो । उहाँहरुले जवर्जस्ती बल प्रयोग गरेर खुलाउने प्रयास भए चुप लागेर नबस्ने चेतावनी दिनुभएपछि नेपाली कांग्रेस लमजुङका सभापति तुलसी नारायण श्रेष्ठले पनि माओवादीलाई सरकारका छोडेको पीडामा छटपटाएकोले आयोजना बन्द गराएको बताउनुभएपछि तमु र पौडेल जंगिनुभएको थियो ।
    श्रेष्ठको आरोप पछि उहाँहरु जुरुक्क उठ्नुभयो र श्रेष्ठमाथि खनिनुभयो । माओवादीको कटु आलोचक मानिने श्रेष्ठ पनि के कम्ती र उहाँ पनि राम्रैसंग कड्किनुभयो । माथिल्लो मर्स्याङदीको अबरोध खुलाउन भनि बसेको वैठकका अन्य सहभागी किर्ंकर्तब्यविमूढ भएर दुइ पार्टर्ीी नेताहरुबीचको घम्साघम्सी सुन्न थाले । बरु फसाद त बैठकको आयोजना गर्ने जिल्ला विकास समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी पेशलकुमार पोख्रेल, आडैमा बस्नुभएका प्रमुख जिल्ला अधिकारी होमनाथ थपलिया र प्रहरी नायब उपरिक्षक प्रकास अधिकारीलाई पो पर्‍यो ।
    तीनै जना सरकारी कर्मचारीहरुलाई झगडा मिलाउनैको सास्ती भयो। नेताहरुलाई झगडा गर्न पनि दिन भएन, तर छुट्टाउन खोज्दा नेताहरु टसको मस नभएपछि उहाँहरुलाई एकछिन आपत्तै परेको थियो । अझै सभासद अमर तमु र माओवादी सेक्रेटरी पौडेल वैठकै छोडेर हिँडन लागेपछि त उहाँहरुलाई निकै सकस भएको थियो ।
    अन्ततः नेकपा एमालेका नेता महेन्द्रलाल श्रेष्ठ, जलश्रोत सरोकार समितिका सदस्य स्थिरबाबु घिमिरे, जीएमआरका कर्मचारीहरुले सम्झाइ बुझाइ गरेपछि स्थिति केही शान्त त भयो, लगत्तैै आदिवासी जनजाति समन्वय परिषदका अध्यक्ष खेमजंग गुरुङको वैठकमा प्रवेश पछि वैठकमा पुनः गर्मी छाएको थियो । गुरुङले आदिवासी जनजातिको एकमात्र छाता संगठन जनजाति समन्वय परिषद भएकाले माओवादी भातृसंगठन तमु मुक्ति मोर्चाको कुरा मात्र सुन्न नहुने आसयको कुरा राखे पछि सभासद तमु र सेक्रेटरी पौडेल पुनः उहाँमाथि खनिनुभएको थियो । पौडेलले एमाले पार्टर्ीीे  खोल ओढेर आदिवासीको नाममा राजनीति नगर्न चेतावनी दिनुएको थियो ।
    घम्साघम्सीकाबीच तमु, पौडेल र माओवादीका तमुवान राज्य समिति सदस्य राजु थापा पटक पटक वैठक छोडेर बाहिरन खोज्नुभएकामा सहभागी अन्यले उहाँहरुलाई तानेर वैठकमा बसाएका थिए । आक्रोस र तनावकाबीच पनि बस्ने र उठ्ने गर्दै वैठक बसे पनि ठोस निष्कर्षभने निस्कन सकेन ।
    आयोजनाको काम सुचारु गर्न गत फागुन ९ गते र २२ गते बेसीशहरमा भएको र्सवपक्षीय छलफल पनि विना निष्कर्षटुंगिएको थियो । फागुन २२ गतेको वैठकमा एकीकृत नेकपा माओवादी, नेपाली
कांग्रेस, नेकपा एमाले, राप्रपा, तमु राष्ट्रिय मुक्ति मोर्चा, डिपिआर गरिरहेको हिमताल हाइड्रोपावर कम्पनी, जिल्ला जलश्रोत पर््रवर्द्धन तथा सरोकार समिति तथा अन्य सरोकारवाला संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
    आयोजना बन्द गराएको विषयमा तमु मुक्ति मोर्चाका अध्यक्ष तथा सभासद् अमर तमुले आयोजना देशको हितमा नभएको दावी गर्दै राष्ट्रिय स्वाधिनताको विपक्षमा भएकाले बन्द गराएको बताउनभुयो । उहाँले माथिल्लो मर्स्याङदी -२ को विषयमा संसदमा कुरा उठाउने र संसदको दर्ुइ तिहाइले पास गरेर मात्र सञ्चालन गर्नुपर्ने जिकिर गर्नुभयो ।
    कार्यक्रममा एकीकृत नेकपा माओवादीका सेक्रेटरी मोहनहरि पौडेलले तमुमुक्ति मोर्चाले आयोजनाको डिपीआर बन्द गराएको विषयमा पार्टर्ीीे पर्ूण्ा र्समर्थन रहेको बताउँदै  आयोजना जबर्जस्ती सञ्चालन गर्न खोजे परिणाम नराम्रो हुने चेतावनी दिनुभयो ।
    नेपाली कांग्रेस लमजुङका सभापति तुलसी नारायण श्रेष्ठले आफ्नै सरकारको पालामा अनुमति दिएर सरकारबाट बाहिरिएपछि अबरोध सिर्जना गर्नु माओवादीको द्वैध चरित्र भएको आरोप लगाउनुभयो ।
    नेकपा एमालेका प्रतिनिधि महेन्द्रलाल श्रेष्ठ र राप्रपाका अध्यक्ष बालचन्द्र श्रेष्ठले  आयोजनाको काम र यस सम्बन्धी बहसलाई संगसंगै लैजान आग्रह गर्नुभएको थियो । उहाँहरुले आयोजनाबाट स्थानीयबासीले बढीभन्दा बढी फाइदा पाउनुपर्नेमा जोड दिनुभयो ।
    आयोजना खुलाउने विषयमा
आगामी दिनमा पुन वैठक गर्ने र सुरुमा आयोजनाको डिपीआरको स्वीकृति लिने हिमतालको तत्कालीन अध्यक्षसंग विस्तृत जानकारी माग्ने निर्ण्र्ााभएको छ ।
आयोजना सुचारु गर्न स्थानीय प्रशासनले हिमताललाई सुरक्षाको प्रत्याभूति गराउने आश्वासनका साथ काम सुचारु गर्न निर्देशन दिए पनि हिमतालले सबै पक्षको सहमति वेगर काम सुरु नगर्ने बताउँदै आएको छ ।
    उता स्थानीय सरोकार समितिले पनि स्थानीयबासीन्दाको हितविपरित आयोजना पुनः सुचारु गरिएमा नराम्रो हुने चेतावनी दिएको छ । ६ सय मेघावाट यो आयोजनाको काम बन्द भएपछि डिपिआरका लागि २ सय ५०  मिटर लामो भूमिगत सुरुङ खन्ने काम अहिले अलपत्र अबस्थामा छ ।
 

No comments:

Post a Comment