बेसीशहर-फागुन २५
अनेरास्ववियूका केन्द्रीय अध्यक्ष रामकुमारी झाँक्रीले शान्ति सुरक्षा दिन नसकेको भन्दै आफ्नै पार्टर्ीी नेता गृहमन्त्री भीम रावलको राजीनामा माग गर्नुभएको छ ।
अनेरास्ववियू लमजुङको २१ औं जिल्ला सम्मेलनको शुक्रबार बेसीशहरमा उद्घाटन गर्दै झाँक्रीले दिनदिनै सुरक्षास्थिति नाजुक हुँदा पनि सरकारले केही गर्न नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गर्नुभएको हो । सरकारले ल्याएको विशेष सुरक्षा योजनाले कुनै काम नगरेको भन्दै उहाँले दिनदहाडै मान्छेमाथि गोली हान्दा पनि सरकारले हत्यारा पक्राउ गर्नु त के, पहिचान गर्न समेत नसकेकोमा निन्दा गर्नुभयो ।
झाँक्रीले नेपालको शान्ति पक्रियालाई सघाउने उद्देश्यले नेपाल आएको संयुक्त राष्ट्रसंघीय मिसन अन्मिनले उल्टै शान्ति प्रक्रियामा भाँजो हालेको आरोप पनि सो अवसरमा लगाउनुभयो ।
"अन्मिन माओवादीको प्रवक्ता भएको छ"- अनिमनको भूमिकाको आलोचना गर्दै झाँक्रीले अब उसलाई नेपालमा राख्नुको औचित्य सकिएको बताउनुभयो । उहाँले शिविरमा रहेका माओवादी सेना हतियारसहित बाहिर निस्कदा पनि अनमिन चुँ नबोलेको र उसको हतियार र सेनाको यकिन तथ्याङ्क अन्मिनले नदिएकोमा उहाँले अन्मिनको आलोचना गर्नुभयो ।

No comments:
Post a Comment