फागुन २५
बेसीशहर- नेपाली कांग्रेसका सभापति तथा पर्ूव प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला केही दिनदेखि पुनः विरामी हुनुभएको छ ।
विरामी भएपछि उहाँलाई तीन दिनदेखि अक्सिजन दिएर राखिएको छ । उहाँका भतिजा डा. शेखर कोइरालाका अनुसार उहाँले खानामा अरुचि देखाउनुको छ भने दुब्लाउनु पनि भएको छ । फोक्सोमा इन्फेक्सन भएकाले उहाँले राम्ररी अक्सिजन लिन नसक्नुभएको बताइएको छ ।
उहाँको उपचारका लागि केहीदिनदेखि सिंगापुरबाट चिकित्सक झिकाइएको छ । तर चिकित्सकहरुले उमेरका कारण उहाँलाई यस्तो समस्या आएको बताएका छन् । उहाँको स्वास्थ्यमा साँझ सुधार भए पनि बिहान उस्तै समस्या देखिएको डा. शेखर कोइरालाले बताउनुभयो । कोइरालालाई निमोनिया र छातीको संक्रमण भएको छ । चिकित्सकहरुले उहाँलाई "क्रोनिक बे्रोङकाइटिस" भएको बताएका छन् । यस्तै समस्याका कारण २०६३ सालमा फोक्सोको सल्यक्रिया गरिए पछि कोइरालामा यो समस्या दोहोरिरहेको छ ।विरामी भएपछि कोइरालाले तीनदिनदेखि राजनीकि भेटघाट बन्द गर्नुभएको छ । ८८ बषिर्य कोइरालाको स्वास्थ्य अवस्थाका बारेमा बुझन राष्ट्रपति डा. रामवरण यादव सोमबार कोइराला निवास पुग्नुभएको थियो ।

No comments:
Post a Comment