scrolling news
Wednesday, March 24, 2010
अलविदा ! लोकतन्त्रका नायक, नेपाली राजनीतिका शिखरपुरुष
बेसीशहर- जे नहोस् भन्ने सबैको कामना थियो अन्ततः त्यही भयो, अर्थात् नेपाली प्रजातान्त्रिक आकासका एक उज्याला नक्षत्रको शनिबार अस्त भयो । देशको प्रजातान्त्रिक आन्दोलनका एक शिखर पुरुष गिरिजाप्रसाद कोइरालालाई प्रजातन्त्रप्रेमी आम नेपाली जनताले सदाका लागि गुमाएका छन् । मुलुकले शनिबार मध्यान्हदेखि अभिभावकत्व गुमाएको
दुःखद अनुभव गरिरहेको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनका पर्याय बनेका गिरिजाप्रसाद कोइरालाको शनिबार दिउसो भएको निधनले लोकतन्त्रप्रेमी आम नेपालीलाई मर्माहत बनाएको मात्र होइन, देशमा निरङ्कुशताका विरुद्ध लड्ने एक निडर एवम् लोकतान्त्रिक योद्धा गुमाएको छ ।
वि.सं. १९८१ असार १८ गते जन्मनुभएका गिरिजाप्रसाद कोइराला विश्वमै अलगर् इतिहास रच्ने राजनेताको रुपमा स्थापित हुनुभयो । ६ पटक सम्म मुलुकको प्रधानमन्त्री हुनुभएका कोइराला ०६२/०६३ को अन्तरिम राष्ट्राध्यक्षसमेतको जिम्मेवारी निर्वाह गर्नुभयो ।
देशका पटक पटकका विभिन्न तीन निरङ्कुश शासनका विरुद्ध लड्नुभयो र सफल पनि हुनुभयो । उहाँ मुलुकको एउटा यस्तो नेता हुनुहुन्थ्यो जसले निरङ्कुश राणा शासन, तीस वर्ष पञ्चायती निरङ्कुशताका साथै राजा ज्ञानेन्द्रको प्रत्यक्ष निरङ्कुश शासनका विरुद्ध प्रजातन्त्रवादी नेपालीलाई अगुवाई गरी सङ्र्घष्ा गर्नुभयो र सफल पनि हुनुभयो ।
भारत निर्वासनकै क्रममा शुरुमा कम्युनिष्ट विचारधाराबाट प्रभावित भई राजनीति सुरु गर्नुभएका कोइराला भारतीय स्वतन्त्रता संग्रामका क्रममा त्यहाँका कम्युनिष्ट नेताको भूमिका देखेपछि कम्युनिष्ट विचार त्याग्नर्ुभई मजदुर आन्दोलनबाट नेपालमा प्रजातान्त्रिक आन्दोलनको अगुवाई गर्नुभयो । देशमा प्रजातन्त्रको अपरिहार्यताका पक्षमा आफ्ना धारणालाई निरन्तर र निडर ढङ्गले राख्दै आउनुभएका कोइरालालाई प्रजातन्त्र, शान्ति र प्रेस स्वतन्त्रका विपक्षमा कसैसँग सम्झौता नगर्ने नेताका रुपमा नेपालीले सम्भिmरहने छन् ।
प्रजातान्त्रिक संस्कारयुक्त घरानामा पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाका कान्छा सुपुत्रका रुपमा वि. सं १९८१ असार १८ गते जन्मिनुभएका कोइरालाले देशको लोकतान्त्रिक इतिहासका र्सवाधिक शक्तिशाली प्रधानमन्त्री तथा अन्तरिम राष्ट्राध्यक्षको समेत भूमिका निर्वाह गर्नुभयो । नेपाललाई साढे दर्ुइसय वर्षपुरानो राजतन्त्रात्मक व्यवस्थाबाट मुक्त गर्राई पहिलोपटक नेपाललाई गणतन्त्रात्मक नेपालमा प्रवेश गराउने र पहिलो पटक देशको सरकार र राष्ट्र प्रमुखको समेतको दोहोरो जिम्मेवारी निर्वाह गर्नुहुने एकमात्र राष्ट्रिय नेताको रुपमा स्वर्गीय कोइरालाले इतिहास रच्नुभयो ।
नेपाली प्रजातान्त्रिक क्रान्तियोद्धाका रुपमा आम प्रजातन्त्रवादी नेपाली जनताका माझमा स्थापित नेता कोइरालाले आफ्नो जीवनका ६२ वसन्त सक्रिय राजनीतिमै रहेर बिताउनुभयो । तत्कालीन राजा ज्ञानेन्द्रले वि. सं २०६१ माघ १९ गते आफ्नै नेतृत्वमा सरकार चलाउने गरी जननिर्वाचित सरकारलाई अपदस्थ गरी प्रजातन्त्रको झुटो दुहाइ दिइरहेका बेला उहाँले पटक पटक राजा ज्ञानेन्द्रलाई आफु प्रजातन्त्रका लागि उनका हजुरबुबा त्रिभुवन सँगसँगै लडेकाले प्रजातन्त्रको पाठ नसिकाउन तत्कालीन राजा ज्ञानेन्द्रलाई चेतावनी दिनुभएको थियो ।
वि.सं.२००७ सालमा देशमा प्रजातन्त्र स्थापना भएपनि दशवर्षै २०१७ सालमा हठात पञ्चायती व्यवस्थाको सुरुवात भएपछि नेता कोइरालाले त्यसको अन्त्य र देशमा प्रजातान्त्रिक व्यवस्थाका पक्षमा आफ्ना दाजु वीपी कोइराला, गणेशमान, सुवर्ण्र्ााम्शेर, कृष्णप्रसाद भट्टर्राईसंगै जेल नेलका साथ लड्नुभयो । पञ्चायती व्यवस्थाको पनि अन्त्य गराउन २०४६ सालमा पनि जनआन्दोलनका कमाण्डर गणेशमानसिंहसँग काँधमा काँध मिलाएर लड्नुभयो ।
मुलुकमा प्रजातन्त्रको पुनर्स्थापनापछि २०४८ सालको जेठमा नेपाली काङ्ग्रेसको संसदीय दलको नेताको हैसियतले पहिलो पटक प्रधानमन्त्री बन्नुभयो । पटक पटकगरी उहाँ छ पटक देशको प्रधानमन्त्री बन्नुभयो ।
वि.सं.२०५१ सालदेखि तत्कालीन नेकपा माओवादीको अगुवाईमा देशमा सशस्त्र द्वन्द्व सुरु भएपछि अत्यन्त चिन्तित कोइरालाले त्यसको शान्तिपर्ूण्ा अवतरणमा जोड दिंदै आउनुभयो । उहाँको सुरुदेखिकै प्रण थियो- "मारकाटको राजनीति नेपालीलाई कदापि स्वीकार्य हुँदैन म जसरी भएपनि उनीहरूलाई शान्तिपर्ूण्ा बाटोमा ल्याएरै छोड्छु ।"
एकातर्फहत्या हिंसा र विध्वंसले
देशलाई जर्जर बनाउन थाल्यो भने अर्कातर्फनिर्धारित समयमा तत्कालीन सरकारले संसदीय निर्वाचन गराउन नसकेपछि यही मौका छोपेर तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शासन सत्ता आफ्नै हातमा लिई देशमा निरङ्कुश शासनको सुरुआत गरे ।
त्यसपछि भने कोइरालाले द्वन्द्वरत माओवादीलाई समेत शान्तिपर्ूण्ा आन्दोलनमा ल्याउने
र उनीहरूको समेत संलग्नतामा देशको निरङ्कुश राजतन्त्रको अन्त्य गर्राई छोड्ने उद्घोषका साथ लाग्नुभयो । माओवादीले अघिर्सार्दै आएको संविधानसभाको निर्वाचनलाई एकमात्र मिलन विन्दुका रुपमा स्व्ाीकार गरी निरङ्कुश शासनको अन्त्य र त्यसपछि शान्तिपर्ूण्ा आन्दोलनमार्फ संसदको पुनर्स्थापनामार्फ नयाँ संविधान निर्माणलाई देशका सबै पार्टर्ीीे एकमात्र साझा एजेण्डा बनाउन उहाँ सफल हुनुभयो ।
हतियार बोकेको राजनीतिक शक्तिलाई पनि शान्तिपर्ूण्ा अवतरणमा ल्याउन उहाँले २०६२ को मंसिर ७ गते नयँादिल्लीमा १२ बुंँदे सम्झौता गराउन सफल हुनुभयो । सोही सम्झौतामा टेकेर जनआन्दोलन भयो, २०६३ को बैशाख ११ गते नेपली जनताको बलिदानीपर्ूण्ा सङ्र्घष्ाबाट देशमा लोकतन्त्र आयो र दशक लामो हतियारको लर्डाईंबाट देशले मुक्ति पायो ।
तर २४० वर्षम्म देशमा शासन गरेको राजतन्त्रको अन्त्यपछिका अनेक खालका असन्तुष्टि एवं दशवर्ष सशस्त्र आन्दोलनले सामाजिक एवं आर्थिक रुपमा थला परेको राष्ट्रलाई नेतृत्व दिनु र जन अपेक्षित रुपमा विकासको गतिमा अघि बढाउनु त्यति सजिलो काम भने थिएन । लोकतन्त्रपछि पनि उहाँ प्रधानमन्त्री त बन्नुभयो तर यो संक्रमणकालबाट देशलाई अघि बढाउनु अत्यन्त कठिन काम थियो ।
उहाँको राष्ट्रिय एवम् अन्तराष्ट्रिय छवि र प्रजातन्त्रप्रतिको उहाँको निष्ठाकै कारण उहाँकै नेतृत्वमा त्यस्तो असहज परिस्थितिमा पनि विगत छ दशकदेखि थाँती रहेको नेपाली जनताको चाहनालाई उहाँकै अगुवाईले साकार पारिदियो, उहाँकै नेतृत्वमा २०६४ को चैतमा संविधान सभाको निर्वाचन सफल भयो ।
आफ्नै नेतृत्वको सरकारले सम्पन्न गराएको निर्वाचनमा पनि आफ्नै दल नेपाली काङ्ग्रेस दोस्रो स्थानमा मात्र आएपछि उहाँले प्रजातान्त्रिक संस्कार अनुरुप नै ठूलो दललाई सत्ता सुम्पिनुभयो र देशमा एक राजनीतिक अभिभावकका रुपमा भूमिका निर्वाह गरिरहनुभयो ।
तोकिएअनुसार आगामी जेठ १४ गते नै नयाँ संविधान जारी गर्ने उहाँको एकमात्र उत्कट चाहना थियो । नयाँ संविधान घोषणा भएको हेरेरै मर्ने चाहनालाई मर्ूत बनाउन नै कोइरालाले आफ्नो जीवनका आखिरी दिनमा जर्जर शरीर र स्व्ाास्ा फर्ेनसमेत समस्या पर्ने रोगको समेत वेवास्ता गर्दै दर्ुइ महिना अघि मात्र मुलुकका प्रमुख राजनीतिक दलहरूको सहभागितामा आफै संयोजक बसी उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरी राजनीतिक सहमतिका लागि अन्तिम समयसम्म लागिपर्नुभएको थियो ।
सबैदललाई मिलाएर अघि बढ्नर्ुपर्ने र सहमति, सहकार्य र एकतालाई मूलमन्त्र बनाई सधैं सबैदललाई यसका लागि लाग्न आग्रह गर्नुहुने कोइरालाले अस्पतालबाट छोरी सुजाता कोइरालाको निवास मण्डिखाटार फर्किएकै दिन गत बुधबारमात्र माओवादी अध्यक्ष प्रचण्डलाई देशको बिग्रिएको परिस्थितिलाई सम्हाल्न र शुक्रबारमात्र उहाँलाई भेट्नुहुने प्रधानमन्त्री माधवकुमार नेपाललाई सबैलाई मिलाएर अघि बढ्न आग्रह गर्नुभएको थियो ।
त्यसैले समयमै नयाँ संविधानको निर्माण तथा सहमति, सहकार्य र एकताका साथ अबको राजनीतिक यात्रालाई अघि बढाउन सकेमा मात्र उहाँप्रति नेपाल र नेपालीले सच्चा श्रद्धाञ्जलि हुनेछ । साथै उहाँले पटक पटक भन्नुहुने - "मेरो उमेरका कोहीपनि नेपाली नागरिकले र कुनैपनि नेपाली युवाले प्रजातन्त्रका लागि अब कहिल्यैपनि लड्नु नपरोस् भनेर म बुढो अन्तिम लर्डाईं लड्दैछु" भन्ने आकांक्षालाई सदैव साकार पार्न देशका अवका नेताहरूले लोकतन्त्रलाई कुनैपनि हालतमा गुम्न नदिने प्रतिबद्धताका साथ लाग्नु बाहेक अरु विकल्प छैन।रासस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment