सदरमुकाम बेसीशहरमा सम्पन्न जिल्ला परिषद्ले चालुतर्फ६६ करोड ४६ लाख १२ हजार नौसय पाँच तथा पूँजीगततर्फ७६ करोड ७१ लाख ५० हजार दर्ुइसय ८२ गरी कूल एक अर्ब ४३ करोड १७ लाख ६३ हजार एकसय ८७ रुपैयाँको बजेट छुट्याएको हो ।
यो बजेट अघिल्लो बर्षो तुलनामा २० करोड ६९ लाख ७७ हजार चारसय ५३ रुपैयाँले बढी हो । बजेट सबैभन्दा बढी सामाजिक विकास समिति शिर्षमा छुट्याइएको छ । जसमा ६६ करोड ९७ लाख ५१ हजार एकसय २१ रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । यसैगरी पर्ूवाधार विकासतर्फ५२ करोड ६९ लाख १६ पाँचसय ६६, भूमि तथा जलश्रोत विकासमा १५ करोड ५४ लाख छहजार पाँचसय र कृषि, वन तथा वातावरणमा ७ करोड ९६ लाख ८९ हजार बजेट छुट्याइएको छ ।
सरकारले प्रस्तुत गरेको सहस्राब्दी विकास लक्ष्यमा कृषिलाई ब्यवसायिक तथा आधुनिकीकरण गरी उत्पादन बढाउने भने पनि लमजुङको बजेटमा भने कृषि क्षेत्रमा बजेट कम छुट्याइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय विकास अधिकारी पेशलकुमार पोख्रेलले जिल्लामा विद्युत क्षमता बढाउनको लागि थप तीनवटा सबस्टेशन र हाइभोल्टेजको ट्रान्समिसन लाइन राख्ने, पर्यटन बर्ष२०११ लाई सफल पार्न जिल्लाको पर्यटन विकास गुरुयोजना तयार गरी कार्यक्रम सञ्चालन गरीने बताउनुभयो ।
No comments:
Post a Comment