x
बेसीशहर- नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी र अथक योद्धा, पर्ूव प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको शनिबार दिउसो दुःखद् निधन भएको छ । आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उहाँको अन्त्येष्टि गरियो । उहाँकी छोरी सुजाताले कोइरालाको पार्थिव शरीरमा दागवत्ती दिनुभएको थियो । शनिबार मध्यान्ह १२.१० मा स्वर्गारोहण हुनुभएका कोइरालाको पार्थिव शरीरलाई आइतबार विहान काठमाण्डौंको मण्डिखाटारस्थित सुजाता कोइरालाको निवासबाट सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि केहीबेर राखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको थियो । उहाँका शवमा प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय झण्डा ओर्ढाई राष्ट्रिय सम्मान प्रदान गर्नुभएको थियो ।
यस अघि शनिबार बसेको नेपाली कांग्रेसको आकस्मीक वैठकले उहाँको देहबसानको घोषणा गरेको थियो । सिंगो देशका अभिभावकको रुपमा सम्मानित कोइरालाको निधन पछि मन्त्रीमण्डलको आकस्मीक वैठक बसी उहाँको शोकमा सरकारले तीन आइतरबाट मंगलबारसम्म राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्ण्र्ाागरेको थियो ।
स्व. कोइरालाको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेता कार्यकर्तासहित राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड लगायत विभिन्न पार्टर्ीी प्रमुख, जंगी तथा निजामति सेवाका उच्च पदस्थ कर्मचारी, भारतीय अर्थमन्त्री प्रणव मुखर्जी, विदेशमन्त्री एसएन कृष्णा, लोकसभा सभामुख मीरा कुमारलगायत अन्य विदेशी कुटनीतिज्ञ तथा र्सवसाधारणहरुले भावपर्ूण्ा श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
आइतबार दिउसो दर्ुइबजे शवयात्रा शुरु गर्ने पर्ूव निर्धारित कार्यक्रम भए पनि श्रद्धाञ्जली अर्पण गर्न आउने र्सवसाधारणको भीड कम नभएपछि दिउसो साढे तीन बजेबाट सुरु गरी बेलुकी करीब ८ बजे दाहसंस्कारका लागि पशुपति आर्यघाट पुर्याइएको थियो । शब यात्रामा कांग्रेस लगायत विभिन्न पार्टर्ीी नेता कार्यकर्ता, विदेशी कुटनीतिज्ञ, र्सवसाधारण लगायत लाखौंको सहभागिता थियो। स्वर्गीय कोइरालाको सम्मानमा आर्यघाटमा नेपाली सेनाले राष्ट्रिय धुनका साथ १५ तोपको सलामी अर्पण गरेको थियो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहनुभएका जननायक गिरिजाप्रसाद कोइराला गम्भीर विरामी भएपछि समग्र नेपाली सञ्चारमाध्यमले कोइरालाको अवस्थाका बारेमा देशबासीलाई हरक्षणको समाचार प्रत्यक्ष प्रवाह गरिरहेका थिए । देशका प्रमुख टेलिभिजन, एफएम रेडियोहरुले शनिबार र आइतबार दिनभरि स्वर्गीय कोइरालाको श्रद्धाञ्जली, शवयात्रा र अन्त्येष्टिको प्रत्यक्ष प्रसारण गरेका थिए ।
नेपाली राजनीतिका अभिभावक कोइरालाको निधनमा देशभित्र र विदेशबाट विशिष्ट ब्यक्तित्वहरुले विभिन्न शोक सन्देश र श्रद्धाञ्जली दिएका छन् ।
राष्ट्रपति डा.रामवरण यादवले पर्ूव प्रधानमन्त्री, नेपाली काङ्ग्रेसका सभापति एवम् लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्नुभएको छ ।श्रद्धाञ्जलिपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति डा. यादवले २०६२/६३ को लोकतान्त्रिक आन्दोलन मार्फत स्वर्गीय कोइरालाले निरङ्कुशता र हतियारको राजनीतिलाई समाप्त गरी शान्ति र लोकतान्त्रिक माध्यमबाट देखाउनुभएको सहमति र सहकार्यको बाटो देशका लागि एकमात्र उपयुक्त बाटो भएको बताउनुभयो । उहाँले शोकको घडीमा निरङ्कुशता र हतियारको राजनीतिलाई सदाका लागि परास्त गरी शान्तिको बाटोबाट हिँडेर देशलाई सबैभन्दा योगदान दिन सम्पर्ूण्ा राष्ट्रवासीलाई आग्रह गर्नुभएको छ ।
स्वर्गीय कोइरालाले लोकतान्त्रिक संविधान बनाउन अँगाल्नुभएको बाटोलाई हामी सबैले पूरा गर्नुपर्ने राष्ट्रपति डा.यादवले बताउनुभयो । सन्देशमा उहाँले आफ्नो सिंगो जीवन नेपाली जनताका निम्ति र्समर्पण गर्नुभएका स्वर्गीय कोइरालाको लोकतन्त्रप्रतिको सम्झौताहीन प्रतिबद्धता र अडान समकालीन र भावी पुस्ताका निम्ति समेत मार्गदर्शनका रुपमा रहने छ
भन्नुभएको छ ।
प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काङ्ग्रेसका सभापति, नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष तथा भूतपर्ूव प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज भएको निधनबाट आफू अत्यन्तै स्तब्ध र मर्माहत भएको बताउनुभएको छ ।
स्वर्गीय कोइरालाको निधनप्रति प्रधानमन्त्री नेपालले एक शोक सन्देश दिँदै पाँच पटकसम्म मुलुकको कार्यकारी नेतृत्व र सङ्क्रमणकालमा राष्ट्रप्रमुखको समेत भूमिका निर्वाह गर्नुभएका गिरिजाप्रसाद कोइरालाको निधनबाट मुलुकले लोकतान्त्रिक आन्दोलनको अथक योद्धा, धरोहर र अभिभावक गुमाएको उल्लेख गर्नुभएको छ । वि.सं. २००३ देखि २०६२/६३ सम्म भएका सबै लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले निर्वाह गर्नुभएको सक्रिय र नेतृत्वदायी भूमिका हाम्रो इतिहासबाट कहिल्यै मेटिने छैन भन्दै उहाँले सन्देशमा भन्नुभएको छ- "एकजना अनुभवी, दृढ र कहिल्यै नथाक्ने नेताका रुपमा आफ्नो छ दशकभन्दा लामो राजनीतिक जीवनयात्रामा मुलुकका लागि गिरिजाप्रसाद कोइरालाले पुर्याएको योगदानका लागि मुलुक गिरिजाप्रसाद कोइरालाप्रति सधैँ ऋणी रहिरहनेछ ।"सन्देशमा प्रधानमन्त्री नेपालले सरकार र आफ्नो व्यक्तिगत तर्फाट समेत शान्तिप्रक्रियालाई र्सार्थक निष्कर्षा पुर्याउँदै संविधान निर्माण गरी उहाँको अधुरो इच्छालाई साकार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
एकीकृत नेकपा -माओवादी)ले पर्ूव प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनले शान्ति र संविधान निर्माण प्रक्रियाका साथै आजको देशको संवेदनशील संक्रमणकाल पूरा गरी अगाडि बढ्ने सर्न्दर्भमा अपूरणीय क्षति भएको जनाएको छ । सो पार्टर्ीी अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"द्वारा जारी शोक वक्तव्यमा नेपालको लोकतान्त्रिक आन्दोलनका एक शिखर व्यक्तित्व, ऐतिहासिक शान्ति र संविधान निर्माण प्रक्रियाका एक प्रमुख र्सजक र स्तम्भ रहनु भएका सभापति कोइरालाको निधनले स्तब्ध तुल्याएको उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ - निरङ्कुश जहानीया राणाशासनका विरुद्धको सङ्र्घष्ासँगै राजनैतिक यात्रा आरम्भ गरेका गिरिजाप्रसाद कोइरालाको जीवन र व्यक्तित्व तमाम उतारचढाव, विवाद, घुम्ती र मोडहरू हुँदै पछिल्लो शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र सङ्घीय गणतन्त्र घोषणाको नेतृत्वसम्म आइपुग्दा देशकै एक परिपक्व संरक्षकका रुपमा स्थापित हुन पुग्यो । नेपाल र नेपाली जनताको ऐतिहासिक आवश्यकता र आकांक्षा अनुसार शान्ति र संविधान निर्माण प्रक्रियालाई निस्कर्षा पुर्याई नयाँ र समृद्ध नेपालको विकासमा अगाडि बढ्नु नै कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउँदै अध्यक्ष प्रचण्डले शोकको यो घडीमा संयम, धर्ैय र एकताको पर््रदर्शन गर्न सबै राजनैतिक दल, नागरिक आन्दोलन र आम जनसमुदायसँग अपील गर्नुभएको छ ।
No comments:
Post a Comment