बेसीशहर-फागुन १८
मिर्गाैला प्रत्यारोपणसम्बन्धी विशेषज्ञहरूले प्रत्यारोपणका लागि अत्यावश्यक पर्ने एचएलए प्रयोगशाला नेपालमा नै निर्माण गर्न सकिए कुनै पनि अङ्ग प्रत्यारोपणलाई देशभित्रै सहज र सस्तो बनाउन सकिने बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र आरोग्य फाउन्डेसन ग्रुपद्वारा राजधानीमा आयोजित अङ्गदानसम्बन्धी गोष्ठीमा उनीहरूले सो कुरा बताएका हुन् । वीर अस्पतालका मिर्गाैला प्रत्यारोपण र्सजन डा. पुकारचन्द्र श्रेष्ठले करिब रु. एक करोड ५० लाखको लगानीमा बन्ने अत्याधुनिक एचएलए प्रयोगशालालाई अन्य अङ्ग प्रत्यारोपणका लागि पनि प्रयोग गर्न सकिने बताउनुभयो ।
सो प्रयोगशालामा भए रु. २५ देखि ३० हजारमा नेपालमै अङ्ग प्रत्यारोपण गर्न सकिने बताउँदै डा. श्रेष्ठले भन्नुभयो - यसको अभावका कारण प्रत्येक नेपालीले भारतमा रु. ५५ देखि ५० हजार खर्च गर्नुपर्ने वाध्यता छ । प्रोफेसर डा. विजयकुमार शर्माले नेपालमा अहिले रु. २३ लाख मिर्गाैला रोगी र वर्षा सात सयवटा प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेको जानकारी दिँदै एचएलए प्रयोगशाला बनाएपछि अनुहार, मुटु, फोक्सो, प्याङक्रियाज लिभर आदिको समेत प्रत्यारोपण गर्न सकिने बताउनुभयो ।
आरोग्य फाउन्डेसन ग्रुपकी अध्यक्ष एवम् गायिका आनी छोइङ डोल्माले नेपालमा पनि यसको निर्माण प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले आफूले गाएको गीत र लेखेको किताव बिक्रीबाट प्राप्त रकम सङ्कलन गरी दर्ुइ/तीन महिनाभित्र एचएलए प्रयोगशाला निर्माण सुरु गर्न लागेको बताउनुभयो ।
मिर्गाैला रोगका कारण आफ्नी आमाको निधन भएपछि यस अभियानमा लागेको डोल्माले बताउनुभयो । मानवहितका लागि आफ्नो शरीरका अङ्ग दान गर्नुपर्छ भन्ने सन्देश फैलाउन आयोजित गोष्ठीमा बेलायतका पाँच, भारतका तीन र नेपालका २२ प्रत्यारोपण विशेषज्ञको प्रतिनिधित्व रहेको थियो ।
गोष्ठीमा विभिन्न देशका विशेषज्ञद्वारा मिर्गाैला प्रत्यारोपणको विगत र वर्तमानको अवस्था, यसका सम्भावना र चुनौतीलगायतका विषयमा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो ।
गोष्ठीमा मिर्गाैला
प्रत्यारोपणसम्बन्धी ऐनमा महिलाले मात्र पुरुषलाई मिर्गाैला दान गर्न पाउने, सो दानलाई आफ्नो परिवारमा मात्र सीमित गर्नुपर्ने जस्ता कानुनी अप्ठ्याराहरू रहेकाले यसलाई सहज बनाउन कानुनलाई खुकुलो पार्न सजिलो होस् भन्ने उद्देश्यले एमाओवादी, नेपाली काङ्ग्रेस, नेकपा -एमाले), मधेसी जनअधिकार फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी सभासद्लाई समेत सहभागी गराइएको थियो ।
नेपालमा अङ्गको कमी रहेकाले विद्यमान कानुनलाई खुकुलो बनाएर आ-आफ्नो नातेदारबाट समेत अङ्ग लिन सकियोस् र दर्ुघटनामा परी "ब्रेन डेथ" भएकाहरूको अङ्ग प्रत्यारोपण गर्न सक्ने कानुनी व्यवस्था होस् र अङ्ग दानबारे सबैलाई विश्वस्त पार्न सकियोस् भन्ने उद्देश्यले सो गोष्ठी आयोजना गरिएको प्रोफेसर डा. विजयकुमार शर्माले बताउनुभयो ।
नेपालमा र्सवप्रथम वीर अस्पतालले २०५२ सालदेखि मिर्गाैला प्रत्यारोपणको लागि पर्ूवाधार बनाउने प्रयास भए पनि त्यो प्रयास लामो समयसम्म सफल हुन सकेको थिएन । तर २००८ डिसेम्बरमा सोही अस्पतालले नेपालमा पहिलोपटक सफलतापर्ूवक मिर्गाैला प्रत्यारोपण गराएको थियो ।
No comments:
Post a Comment