scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, March 24, 2010

मर्स्याङ्दी पुलमा सहमति जुटाउन योजना आयोगका उपाध्यक्ष डा. खतिवडाको आग्रह

बेसीशहर- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले मर्स्याङदी नदीमाथि निर्माण गर्न लागिएको मोटरेवल पुलका लागि र्सवदलीय सहमति बनाउन लमजुङका राजनीतिक दलहरुसंग आग्रह गर्नुभएको छ ।
जिल्ला परिषद लमजुङको उद्घाटन गर्दै खतिवडाले मर्स्याङ्दी नदीमाथि निर्माण गरिन लागेको मोटरेवल पुलका लागि राजनीतिक दलहरुको प्राथामिकता फरक फरक ठाउँमा रहेका कारण पुल बन्न नसकेको स्पष्ट पार्नुभयो । उहाँले कुनै एक पुलका लागि सबै दलहरु मिलेर बजेट माग गरेमा पर्यप्त रकम छुट्याइदिने आश्वासन दिनुभयो।
राजनीतिक दलका नेताहरुले आ- आफ्नै ढंगले योजना सिफारिस गर्दा वास्तविक आवश्यकता नभएको ठाउँमा पनि योजना पुग्ने र अत्यावश्यक ठाउँमा छुट्ने गरेको उहाँले बताउनुभया े।
सबै राजनीतिक दलहरु एक भएर  अघि बढेमात्र जिल्लाको विकास हुने बताउँदै उहाँले विकास योजनाहरु बनाउँदा समावेशी भन्दा पनि समन्यायिकतामा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।  योजना आयोगले यसबर्षाट कृषि क्षेत्रको विकासलाई प्राथामिकता दिएको हुँदा जिल्लाका बजेटहरु पनि त्यसतर्फलक्षित भए सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्न सजिलो हुने उहाँले बताउनुभयो।
कार्यक्रममा बोल्दै सभासद डीबी कार्कीले एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, राशप्रपा, मधेसी जनाधिकार फोरम              -लोकतान्त्रिक), मधेसी जनाधिकार फोरम तमलोपाका शर्ीष्ा नेताहरुले चाहेमा दर्ुइ दिनमै संविधान घोषणा हुन सक्ने जिकिर गर्नुभयो। उहाँले समयमै संविधान निर्माण नभए आफूले नोट अफ डिसेन्ट लेख्ने जानकारी दिनुभयो।

No comments:

Post a Comment