बेसीशहर-दक्षिण पश्चिम लमजुङको ब्यापारिक केन्द्रको रुपमा रहेको भोर्लेटार बजारमा नीजि क्षेत्रको पहिलो बैंकको रुपमा प्यासिफिक बैंकको शाखा स्थापना भएको छ ।
सदरमुकाम बेसीशहरमा केन्द्रीय कार्यालय रहेको प्यासिफिक डेभलपमेण्ट बैंकले जिल्लाको दक्षिण पश्चिममा अवस्थित ब्यापारिक केन्द्र भोर्लेटारमा गत फागुन २६ गते शाखा स्थापना गरेको हो । यस अघि सो बैंकले भोटेओडारमा पनि शाखा खोलीसकेको छ ।
कुनै पनि सरकारी तथा नीजि बैंक नरहेको भोर्लेटार र आसपासका ग्रामीण क्षेत्रका जनतालाई सेवा दिने उद्देश्यले शाखाको स्थापना गरिएको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक पोखराका प्रमुख प्रवन्धक डा. मीनबहादुर श्रेष्ठले शाखाको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा मन्तब्य राख्दै डा. श्रेष्ठले वित्तीय संस्थाहरुले ग्रामीण क्षेत्रको निक्षेप संकलन गरी सोही क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
No comments:
Post a Comment