चैत्र १७
जनचेतना अभिबृद्धि र विकास अध्ययन समिति र इलमपोखरी बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामार् इलमपोखरीमा सुधारिएको चुलो तथा बचत तथा ऋण सहकारी सचेतिकरण तालिम सम्पन्न भएको छ ।
तालिममा माटोको सुधारिएको चुलोको महत्व, यसबाट हुने प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदा र यसबाट महिला सशक्तिकरणमा खेल्ने भूमिका बारे जानकारी गराइएको थियो । साथै बचत तथा ऋण सहकारी संस्थाको महत्व, सहकारीका विभिन्न समिति तथा उपसमितिका काम कर्तब्यहरु, बचत किन र कसरी गर्ने लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । साथै तालिममा महिला सशक्तिकरणमा सहकारी र सुधारिएको चुलोको भूमिकाका विषयमा पनि प्रशिक्षण दिइएको थियो । तालिममा जनचेतना अभिबृद्धि र विकास अध्ययन समिति लमजुङका कार्यक्रम संयोजक विजय गुरुङ र्रर् इलमपोखरी बचत तथा ऋण सहकारी संस्था लि.का सहजकर्ता कमला गुरुङले प्रशिक्षण दिनुभएको थियो । तालिममा ४७ जनाको सहभागिता थियो ।
No comments:
Post a Comment