scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, March 24, 2010

राष्ट्र बैंकद्वारा र्सर्वेक्षण सुरु

बेसीशहर- देशको वित्तीय तथा मौद्रिक नीति निर्माण गर्न र जनताको यथार्थ जीवनस्तर बारे जानकारी लिन नेपाल राष्ट्र बैङ्कले बेसीशहरमा खाद्यान्न, घरभाडा लगायत विभिन्न बस्तु तथा सेवाको मूल्य र्सवाेक्षण सुरु गरेको छ ।
हरेक १०/१० बर्षा गरिने मूल्य र्सवाेक्षण यो बर्षराष्ट्र बैंङ्कले देशभरका ३३ जिल्लामा गर्न लागेको छ । जस अनुसार ३ सय एक प्रकारका बस्तुको मूल्य र्सवाेक्षण गरिने र लमजुङको बेसीशहरलाई पनि केन्द्र मानि र्सवाेक्षण गरिएको बेसीशहरमा आयोजित एक कार्यक्रम नेपाल राष्ट्र बैङ्क उपभोक्ता मूल्य सुचकाङ्क परियोजनाका उपनिर्देशक शैलेन्द्र रेग्मीले जानकारी दिनुभयो । सो अवसरमा उहाले मूल्य र्सवाेक्षण तथा संकलनका लागि राष्ट्र बैंकका कर्मचारीहरु पसल तथा घर घरमा आउने भएकाले सही र सरल ढंगले सुचना दिन आग्रह गर्नुभयो । 
मौसमी प्रतिकूलताले उत्पादकत्व घट्नु, जनताको क्रय क्षमता बढ्नु, राजनीतिक अस्थिरताले हुने बन्दहड्ताल जस्ता कारणले बस्तुको मूल्य बढ्दै जाने र मुद्राको मूल्य घट्दै गएकाले सरकारलाई सुझाव दिनका लागि यस्तो र्सवाेक्षणले योगदान पुर्‍याउने उहाँले बताउनुभयो । राष्ट्र बैङ्कका अनुसार हाल नेपालको मुद्रास्फीति दर १३ दशमलब २ प्रतिशत रहेको छ ।
मूल्य सुचकाङ्कले मुद्राको क्रय शक्ति मापन गर्न, मूल्यस्थित पत्ता लगाउन, ठूला परियोजनाको लागत निकाल्न, देशको वित्त तथा मौद्रिक नीति बनाउन, तलब ज्याला समायोजना गर्न उपयोग गर्न सकिने उहाले जानकारी दिनुभयो । 
राष्ट्र बैङ्क सरकारको आर्थिक सल्लाहकार भएकाले यथार्थ सुचना र सुझाव दिन यस्तो कार्यक्रम राखिएको सो अवसरमा बताइएको थियोे । 

No comments:

Post a Comment