बेसीशहर चैत्र १७
लमजुङ विद्युत उपभोक्ता संस्थाको अधिवेशनका लागि सोमबारसम्म एकसय २४ वटा ट्रान्सर्फमरको निर्वाचन सम्पन्न भएको छ ।
सोमबारसम्म सबै १ सय ३८ ट्रान्सर्फमरको निर्वाचन सम्पन्न गर्ने लक्ष्य रहे पनि १४ स्थानको निर्वाचन स्थगित भएकोले निर्वाचन कार्यक्रम अझै केही समय लाग्ने भएको छ ।
हालसम्म सम्पन्न निर्वाचन परिणाम अनुसार नेपाली कांग्रेसका बहुमत प्रतिनिधि ट्रान्सर्फमर अगुवामा निर्वाचित भएका छन् । निर्वाचन सम्पन्न भएको १ सय २४ स्थानमध्ये नेपाली कांग्रेसले ६९ स्थानमा विजय हासिल गरेको छ । निर्वाचनमा एमाले समर्थित अगुवाहरु ४२ जना निर्वाचित भएका छन् भने एकीकृत नेकपा माओवादी तेस्रो स्थानमा छ । उसले जम्मा १३ स्थानमा विजय हासिल गरेको छ ।
ट्रान्सर्फमर अगुवाहरुको निर्वाचन सम्पन्न भएपछि संस्थाको अधिवेशन गरिने कार्यक्रम छ । माघ १८ गतेदेखि शुरु भई सोमबार सकिनुपर्नेमा केही स्थानमा निर्वाचन स्थगित भएकाले अधिवेशनको टुंगो लागेको छैन ।
No comments:
Post a Comment