बेसीशहर चैत्र १७
नेपाली राजनीतिका शिखरपुरुष, प्रजातान्त्रिक आन्दोलनका नायक, नेपाली कांग्रेसका सभापति तथा पर्ूव प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औं दिनको पुण्य तिथिका अबसरमा नेपाली कांग्रेसले देशभर श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ ।
नेपाली कांग्रेस लमजुङले पनि आगामी चैत्र १९ गते बेसीशहरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । बेसीशहरको लोकतान्त्रिक चोकमा आयोजना गरिने श्रद्धाञ्जली तथा शोकसभामा पार्टर्ीी आमन्त्रिक केन्द्रीय सदस्य तथा कास्की कांग्रेसका पर्ूव सभापति शुक्रराज शर्माले सम्बोधन गर्नुहुने कार्यक्रम छ । स्वर्गीय कोइरालाको निधनमा जिल्लाका विभिन्न स्थानमा नेपाली कांग्रेसका गाउँ कार्य समिति तथा भातृ तथा भगिनी संस्थाहरुले श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन् । जिल्लाका भोर्लेटार, विचौरर्,र् इशानेश्वर, गौंडा, भोटेओडार, बाहुनडाँडा, चिती, राइनासकोट, धमिलीकुवा, तार्कुघाट, रम्घा, र्सर्ूयपाल, बाँझाखेत, लगायतका गाविसमा श्रद्धाञ्जली सभा सम्पन्न भएका छन् ।
No comments:
Post a Comment