बेसीशहर चैत्र १७
बेसीशहर- लमजुङका विभिन्न ठाउँमा शुक्रबार राती परेको चट्याङका कारण एकजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
शुक्रबार राती साढेसात बजे हावाहुरीका साथ पानी पर्न थालेपछि घरको ढोका लगाउन खोज्दा अचानक चट्याङ परेपछि गाउँशहर गाउँ विकास समिति वडा नं. १ निवासी ५८ बषिर्य रेशम भुजेलको मृत्यु भएको छ । चट्याङका कारण गाउँशहरका अन्य ६ जना समेत घाइते भएका स्थानीय गाउँलेहरुले बताएका छन् ।
त्यसैगरी शुक्रबारकै राती परेको चट्याङका कारण चण्डीस्थान गाउँ विकास समिति वडा नं. ७ निवासी ३३ बषिर्य इन्द्रबहादुर सुयल सख्त घाइते भएका छन् । चट्याङका कारण उनको कम्मर मुनीको भाग पुरै जलेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । उनको हाल लमजुङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
चट्याङवाट पाचोक गाउँ विकास समिति वडा नम्बर ९, स्रि्रो गाउँका भीमलाल तामाङका दर्ुइ छोराहरु १३ वषिर्य सोमे तामाङ र ७ वषिर्य विष्णु तामाङ र्घाईते भएका छन् । र्घाईतेहरुको गौँडास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भएको थियो । चट्याङले तामाङकोे घर पर्ुण्ा रुपमा ध्वस्त हुनुको साथै उहाँको एउटा गोरु र एउटा गाई पनि मरेकोे छ ।
त्यस्त सोही राती आएकोे हावाहुरीका कारण यशोब्रहृम निम्न माध्यामिक विद्यालय गाउँशहर-२ को भवनको छानो उडाउनुका साथै भवनको गाह्रो भत्किएको छ । त्यस्तै भोँजे गाविस वडा नम्बर २, चरागाउँस्थित लालीगुराँस प्राथामिक विद्यालयको छानो हावाहुरीले उडाएको छ भने भवनसमेतमा क्षति पुगेको छ ।
No comments:
Post a Comment