बेसीशहर- फागुन १८
गत माघ २२ गतेदेखि वन्द रहँदै आएको सुन्दरवजार स्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ क्याम्पस आजबाट खुल्ने भएको छ ।
विद्यार्थी संगठन, क्याम्पस प्रशासन, प्राध्यापक तथा विद्यार्थीहरुबीचको वार्तामा राजनीतिक विषयमा विद्यार्थी संगठनले आपसमा झगडा नगर्ने क्याम्पसको पठन पाठनमा अबरोध नपुर्याउने सहमति भएपछि क्याम्पस सूचारु हुने भएको हो । वार्तामा जुनसुकै संगठनका विद्यार्थीहरु झगडामा संलग्न रहेमा उनीहरुलाई सम्बन्धित संगठनले नै समातेर प्रशासनमा बुझाउने सहमति पनि वार्तामा भएको थियो ।
जिल्लाको एकमात्र सरकारी यो क्याम्पसमा विगतदेखि नै नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच विभिन्न राजनीतिक विषयमा झैझगडा र कुटाकुट हुने गरेको छ । जिल्लाका शैक्षिक संस्थामध्ये सबैभन्दा बढी राजनीति हुने यो क्याम्पसमा पछिल्लो पटक विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नेविसंघबीच नयाँ विद्यार्थी तानातान गर्ने क्रममा माघ २१ गते झडप भएको थियो । झडपपछि क्रान्तिकारीले क्याम्पस प्रशासनमा तोडफोड र आगजनी गरेपछि गत माघ २२ गतेदेखि क्याम्पस बन्द रहँदै आएको थियो भने क्याम्पस प्रशासनले छात्रावाससमेत खाली गराएको थियो ।
छलफलका क्रममा विद्यार्थी नेताहरुले कुनै पनि राजनैतिक विषयलाई उठाएर आपसमा झगडा नगर्ने, आ-आफ्नो संगठनमा आबद्ध विद्यार्थीहरुलाई विगतका कुरालाई विर्सर्ेेसौहार्दपर्ूण्ा शैक्षिक वातावरण निर्माण गर्ने विषयमा सहमति भएको थियो ।
क्याम्पसमा भएको वार्ताबारे जानकारी दिँदै क्याम्पस प्रमुख डा. यमबहादुर गुरुङले तोडफोड भएका फर्निचर लगायतका सामग्रीहरु मर्मत गर्न र विद्यार्थीलाई पनि मानसिक रुपमा तयार हुन दर्ुइचार दिन लाग्ने भएकाले दर्ुइचारदिनभित्रै पठनपाठन सुचारु हुने बताउनुभयो ।
No comments:
Post a Comment