बेसीशहर- फागुन १८
प्राकृतिक श्रोत साधनमाथि स्थानीय जनताको अग्राधिकार स्थापित हुने ग्यारेण्टी भएमात्र माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजना-दोस्रोको डिपीआरको काम सञ्चालन गर्न दिने स्थानीयबासीन्दाले बताएका छन् ।
स्थानीयबासीको यो भनाइ र माओवादी निकटको तमु मुक्ति मोर्चाको विरोध भइरहेको अवस्थामा तत्काल यो आयोजनाको काम सुचारु नहुने संकेत देखिएको छ । यद्यपी आयोजना खुलाउन प्रयास भने भइरहेको छ ।
स्थानीय जनतालाई आयोजनाबारे थाहै नदिई काम सुरु गरिएको भन्दै उनीहरुले स्थानीय जनतालाई आयोजना उनीहरुको पक्षमा छ भनि विश्वस्त नपारेसम्म आयोजना सञ्चालन हुन नसक्ने बताए । स्थानीयबासी तथा माथिल्लो मर्स्याङ्दी-२ सरोकार समितिका अध्यक्ष सुमन गुरुङले आयोजनाबाट सबैभन्दा बढी प्रभावित जनताको माग पुरा नभए आयोजना चल्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो- "आयोजनाबाट सबैभन्दा बढी वरपरका बासीन्दा प्रभावित हुने भएकाले उनीहरुलाई चित्त नबुझाएसम्म परियोजना चल्न सक्दैन । अब हाम्रो चित्त नबुझेसम्म तमु मुक्ति मोर्चाले खोल्न स्वीकृति दिए पनि हामी दिँदैनौं ।" गुरुङले हिमतालले स्थानीय जनता र आमा समूहसंग समन्वय गरेर डीपीआरको काम गर्दै आएको भन्ने उर्जा मन्त्रालयको विज्ञप्ती सरासर झुटो भएको दावी गर्नुभयो ।
उता तमु मुक्ति मोर्चाले पनि जबर्जस्ती आयोजनाको डिपिआर पुनः शुरु गरिए नराम्रो हुने चेतावनी दिएको छ । गत मंसिर ३ गतेदेखि आयोजनाको डिपिआरको काम बन्द छ । आयोजनाको काम सुचारु गर्न जिल्ला प्रशासन कार्यालयमा भएको र्सवपक्षीय छलफल विना निष्कर्षटुंगिएको थियो । सरकारले बल प्रयोग गरेर पनि आयोजना खुलाउने बताइरहँदा डिपिआर निर्माण गरिरहेको हिमताल हाइड्रोपावर कम्पनीले सबै पक्षको सहमति नभई आयोजनाको काम शुरु नगर्ने बताएको छ । बन्द आयोजना खुलाउने विषयमा आगामी फागुन २२ गते बेसीशहरमा र्सवपक्षीय वार्ताको तयारी भइरहेको छ । जिल्ला उर्जा पर््रवर्द्धन तथा सरोकार समितिका अध्यक्ष पेशलकुमार पोख्रेलले छलफलका लागि सबैलाई खबर गरिएको भए पनि वैठक बस्ने टुंगो नलागेको बताउनुभयो । उहाँले तमु मुक्ति मोर्चाले हिमतालसंग कुरा गरी वैठकमा बस्ने टुंगो गर्ने जानकारी आफूले पाएको बताउनुभयो । काम अन्तिम चरणमा पुगेका बेला फागुन ३ गते माओवादी निकटको तमु मुक्ति मोर्चाले बन्द गराएपछि अहिले निर्माणस्थल सुनसान छ । ६ सय मेघावाट यो आयोजनाको काम बन्द भएपछि डिपिआरका लागि २ सय ५० मिटर लामो भूमिगत सुरुङ खन्ने काम पनि अहिले अलपत्र अबस्थामा छ । अलपत्र रहेको खुल्ला सुरुङभित्र महिला, केटाकेटीसमेत जथाभावी छिर्दा दर्ुघटनाको सम्भावना बढेको स्थानीयबासीहरु बताउँछन् । सुरुङमा अक्सिजन र पर्यप्त प्रकास नहुँदा दर्ुघटनाको सम्भावना वढेको हो ।
No comments:
Post a Comment