scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, March 31, 2010

उवासंघद्वारा र्सवपक्षीय संयन्त्रमा जोड

बेसीशहर चैत्र १७

जिल्ला विकास समितिले आयोजना गर्ने र्सवदलीय वैठकलाई र्सवपक्षीय बनाउन र नीजि क्षेत्र र नागरिक समाजलाई समेत वैठकमा बोलाइुन पर्ने आवश्यकता लमजुङ उद्योग बाणिज्य संघले औंल्याएको छ ।

संघले आइतबार बेसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले यस्तो अवश्यकता औंल्याउनुभएको हो । संघका विगतका काम कारबाही र भावी दिनमा गर्न लागिएका कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले दलीय भागवण्डामा विकासका योजनाहरु बाँडफाँड गरि बजेट विनियोजना गरिँदा वास्तविक र आवश्यक ठाउँमा विकास पुग्न नसकेको गुनासो गर्नुभयो ।

कृषि, पर्यटन र जलश्रोत लमजुङको आधार, दर्ीघकालीन दृष्टिकोण गरिबी निवारण र रोजगार भन्ने आफ्नो नारालाई स्वयं जिल्ला विकास समितिले उपेक्षा गरेको भन्दै उहाँले पर्यटन, जलश्रोत र कृषि क्षेत्रमा जिविसले पर्यप्त बजेट नछुट्याएकोमा दुःख प्रकट गर्नुभयो । उहाँले देशको आर्थिक विकासमा नीजि क्षेत्रको भूमिका अहं हुने भए पनि सरकार र दलहरुले नीजि क्षेत्रको महत्व बुझन नसकेको बताउनुभयो । सो अवसरमा उहाँले लमजुङ उद्योग बाणिज्य संघको पहलमा जिल्लाको बृहत पर्यटन गुरुयोजना बन्न लागेको, बैशाख १ गते कोशेली घरको उद्घाटन हुन लागेको र सूचना केन्द्रको स्थापनाका लागि लमजुङ बाणिज्य संघले महत्वपर्ूण्ा भूमिका खेलेको बताउनुभयो ।

No comments:

Post a Comment