scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, March 2, 2010

पब्लिक क्याम्पस संघमा घिमिरे

भोर्लेटार- फागुन १८
पब्लिक विश्वविद्यालयको स्थापना, पब्लिक क्याम्पसको भौतिक पर्ूवाधार र शैक्षिक गुणस्तर बृद्धिका लागि सरकारी र सामुदायिक साझेदारी कार्यक्रम ल्याउने पर्ने २ बुँदे प्रस्ताव पारित गर्दै पब्लिक क्याम्पस संघ लमजुङको प्रथम अधिवेशन सोमबार सम्पन्न भएको छ ।
अधिवेशनले मर्स्याङ्दी बहुमुखी क्याम्पसका उपप्राध्यापक आनन्द घिमिरेको अध्यक्षतामा ७ सदस्यी जिल्ला समिति र्सवसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा भक्ति आदर्श क्याम्पसका प्रमुख हुमबहादुर कार्की, सचिवमा मातृभूमि क्याम्पसका सह-प्राध्यापक र्सर्ूयबहादुर के.सी., कोषाध्यक्षमा मंगला क्याम्पसका सहप्राध्यापक तर्ीथराज तिवारी रहनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमार् इशानेश्वर क्याम्पसका अध्यक्ष मेघनाथ पौडेल, ठाकुर प्रसाद तिवारी र मनहरि घिमिरे रहनुभएको छ।
पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष वैकुण्ठ  न्यौपानेको प्रमुख आतिथ्य र्रर् इशानेश्वर क्याम्पसका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका गण्डकी अञ्चल संयोजक शशीराज घिमिरे, पुष्पलता जनएकता क्याम्पसका प्रमुख मुक्तिनाथ रेग्मी, मंगला क्याम्पसका सहप्राध्यापक तर्ीथराज तिवारी, मर्स्याङ्दी क्याम्पसका प्रमुख हरिबाबु थापा, मतृभूमि क्याम्पसका सहप्राध्यापक  र्सर्ूयबहादुर केसी र भक्ति आदर्श क्याम्पसका प्रमुख हुमबहादुर कार्की लगायतले मन्तब्य राख्नुभएको थियो ।

No comments:

Post a Comment